बझाङमा वर्षासंगै हिमपात शुरु, जनजीवन प्रभावीत

बझाङमा वर्षासंगै हिमपात शुरु, जनजीवन प्रभावीत

बझाङ : बझाङमा पानी पर्न शुरु भएसंगै मंगलबार राति देखि हिमपात शुरु भएको छ । वर्षासंगै जिल्लाका उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ भने बेँसी तिर पानी परिरहेको छ ।

असोज र कार्तिक महिनामा आएको बेमौसमी वर्षाले जिल्लाका धेरै स्थानीय तहहरुले निर्माण गरेका सिचाई कुलाहरु तहन-नहस भएपछि अधिकांस स्थानीयको खेतीयोग्य जमीनहरु गँहु नै छर्न नपाएका किसानका लागि यो वर्षातले ठूलो राहात भएको छ । 

वर्षात र हिमपातले बझाङ जिल्लाका साईपाल, सुर्मा, छबिसपाथीभरा, मष्टा,  तल्कोट गाँउपालिका र जयपृथ्वी र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात शुरु भएको छ । साईपाल गाउँपालीका धुलीका स्थानीय बसन्तबहादुर बोहराले पाटनतिर बाक्लो हिउँ परेको र गाउँमा समेत हिमपात शुरु भएको बताए । 

वर्षा र हिमपातसंगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउँपालिकाहरुमा हिउँ जम्न थालेका कारण जनजीवन निकै कष्टकर भएको छ । हिउँ जमेको र जाडो बढ्ँन थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको सुर्मा गाँउपालिका १ का स्थानीय बसन्ती बोहराले बताईन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.