कमजोर छैन ओमिक्रोन

कमजोर छैन ओमिक्रोन

कोरोना महामारीको त्रास कायमै छ। नयाँनयाँ भेरियन्ट भित्रिँदैछन्। विश्व अर्थतन्त्रसहित मानव जातिलाई ठूलो असर गरेको यो भाइरसको भय अझै छ। अब नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रास उच्च छ। विवाह, भोजभतेर, सभा सम्मेलनको भीड उस्तै छ। सामूहिक भोजनमा मानिसको बढ्दो चहलपहलले संक्रमणको जोखिम बढाएको छ। हालको यस्ता गतिविधिले दुई हप्तापछि संक्रमित बढ्न सक्ने आंकलन छ। त्यस्तै त्रासले भारतको उत्तरप्रदेशस्थित कानपुरमा रामा मेडिकल कलेजमा कार्यरत सुशील सिंहले श्रीमती र दुई सन्तानको हत्या गर्दै आफूले आत्महत्या गरे। फ्रान्सका प्रधानमन्त्री ज“ कास्टेक्सले ओमिक्रोनको संक्रमण बिजुली चम्केको गतिमा रहेको बताएका छन। अस्पतालमा भर्ना हुने बिरामी बढ्न थालेका छन्। डेल्टा नै हो वा ओमिक्रोन त्यो त जिन सिक्वेन्सि· गरे पत्ता लाग्ला। तर, संक्रमित पुनः बढेका छन्।

ओमिक्रोन भाइरस फोक्सोमा नभई श्वास नली- ब्रोन्कसमा छिटो र गम्भीर रूपमा फैलन्छ। 

त्यसो त पहिले संक्रमित तथा खोप लगाएकामा एन्टिबडीको तह कम भएकाले डेल्टा भेरियन्टले नै हिउँदमा लहर ल्याउन सक्ने अपेक्षा थियो र अझै पनि छ। कोरोनाले अर्थ, समाजलगायत क्षेत्रमा पारेका नकारात्मक असरबाट शतप्रतिशत मुक्ति नपाउँदै फेरि यसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले अवस्था पुनः पूर्ववतरूपमा फर्किने चिन्ता र त्रास उत्तिकै छ। विश्वका ९० बढी देशमा फैलिएको त्रासले धेरै राष्ट्रले सीमा प्रतिबन्ध र निषेधाज्ञा लागू गरेका छन्। आर्थिक रूपमा दण्डित लकडाउन, तालाबन्दीको फिर्ताको सम्भावना बढाउँदै छन्।

नयाँ भेरियन्टको डर
२०७८ मंसिर १० मा विश्व स्वास्थ्य संगठनद्वारा भाइरस विकासक्रम अध्ययन गर्ने प्राविधिक सल्लाहकार समूहको छलफल भयो। त्यहाँ बी १.१. ५२९ भेरियन्टको नाम ओमिक्रोन राख्यो र चिन्ताजनक भेरियन्ट पनि घोषणा गरेको थियो। भेरियन्ट अफ कन्सर्नमा राखेर सबै देशलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको थियो। ओमिक्रोन अन्य भाइरस स्ट्रेनहरूभन्दा नराम्रो जस्तो देखिए पनि यो भेरियन्ट गम्भीरतालाई न्याय गर्न थप अनुसन्धान आवश्यक रहेको विज्ञहरू बताउँछन्।

खोपहरू पनि प्रभावकारी भई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम भएको देखिन्छ। नेपालमा पनि मंसिर १९ मा दक्षिण अफ्रिका हँुदै नेपाल भित्रिएका दुई जना (एक ६६ वर्षीय दक्षिण अफ्रिकी र अर्का उनको सम्पर्कमा रहेका ७१ वर्षीय पुरुष)मा करिब ५५ वटा म्युटेसन भएको र स्पाइक प्रोटिनमा ३२ परिवर्तन भएको ओमिक्रोन पुष्टि भयो। जबकि मंसिर ३ गते उनी नेपाल भित्रिएकोमा ७ गते लक्षण देखिएको थियो। विश्व स्वास्थ्य संगठनले पहिचान र घोषणा गर्नुभन्दा पहिले नै विश्वभर फैलिइसकेको हुन सक्ने विज्ञ बताउँछन्। त्यस्तै पुस ७ गते तेस्रो ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको छ।

प्रभावकारिता
बेलायतमा कोरोना भाइरसको नया“ भेरियन्ट ओमिक्रोन संक्रमणबाट एक जना संक्रमितको १३ डिसेम्बरमा पहिलो मृत्यु भयो। प्रधानमन्त्री बोरिस सरकारले खतरालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरेको छ। १८ वर्षमाथिका नागरिकलाई तत्काल बुस्टर डोज दिने घोषणा गरेका छन्। वृद्धवृद्धाको हकमा यही महिनाको अन्तसम्म दिने बताएका थिए। बेलायती वैज्ञानिकहरूले डेल्टा र ओमिक्रोनबाट बच्न खोपको दुई मात्राले नपुग्ने र थप एक मात्राले सुरक्षित हुने सम्भावना ७० देखि ७५ प्रतिशत हुने बताउँदै आएका छन्।

औषधि निर्माण कम्पनी फाइजरले विकास गरेको औषधिको गोली ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको १४ डिसेम्बर, २०२१ को कम्पनीको विज्ञप्तिमा छ। कम्पनीले २ हजार २ सय ५० जनामा गरेको खोजमा संक्रमणका कारण अस्पताल भर्ना र मृत्यृ हुनेमा रोक्न ८९ प्रतिशतले कमी ल्याउँछ। अमेरिकी एफडीएले उक्त गोलीलाई सार्र्वजनिक प्रयोगमा ल्याउन पहिलो औषधि र अनुमति दिने पनि अपेक्षा पनि गरेको थियो।

त्यसैमा विश्वभरबाट प्रकाशित प्रारम्भिक अध्ययन रिपोर्टमा ओमिक्रोनको संक्रमणबाट जोगाउन अधिकांश खोप विफल भएको तर जटिल प्रकारको कोभिड हुनबाट जोगाउने समाचार पुस ५ गते आएको छ। विश्वका धेरै स्थानमा उपलब्ध नभएका एमआरएनए प्रविधिमा आधारित जुनसुकै भेरियन्टविरुद्ध सुरक्षा प्रदान गर्ने दाबी गरिएका फाइजर र मोर्डनाका बुस्टरसहितका खोप भने केही हदसम्म संक्रमण फैलनबाट पनि रोक्न सक्ने देखाएको छ। अधिकांश देशहरूले प्रयोग गरिरहेका शरीरको रोग प्रतिरोधी प्रतिक्रियालाई जगाउने पुरानो विधिमा आधारित एस्ट्राजेनिका, जोन्सन तथा चीन र रसियामा उत्पादित खोपहरू संक्रमण फैलनबाट रोक्नका लागि अत्यन्तै थोरै सक्षम देखिएको छ। तथापि बेलायतको अक्सफोर्ड खोजमा एस्ट्राजेनिकाको तेस्रो मात्रा प्रभावकारी देखिएको छ। खोप लगाउने दर निकै कम भएका देशहरूमा संक्रमण फैलिनुले थप नया“ भेरियन्टको उत्पत्ति हुने डर बढेको छ। सार्वजनिक अधिकांश अनुसन्धान रिपोर्टहरू प्रयोगशालामा आधारित छन्।

संक्रामकता
विश्व स्वास्थ्य संगठनले ओमिक्रोन संक्रमणमा देखिने लक्षणहरू अन्य भेरियन्टभन्दा फरक नहुने र हालसम्म सामान्य मात्र देखिएको जानकारी दिएको छ। तथापि प्रायः बिरामी कडा थकान र शरीर दुखाइको सिकायत लिएर आउने गरेको बताइन्छ। ओमिक्रोन भाइरस फोक्सोमा नभई श्वास नली- ब्रोन्कसमा छिटो र गम्भीर रूपमा फैलने गर्छ। खोप नलगाएका र पूर्ण मात्रा नलगाएकामा जटिलता र अस्पताल भर्ना छ। संक्रमणदर डेल्टाभन्दा ७० गुणा बढी छ। डेल्टा फैलन यस दिन लागेको संख्या ओमिक्रोन दुई सातामै भइसकेको छ। साढे एकदेखि तीन दिनमा ओमिक्रोनको संक्रमण दोब्बर हुँदैछ। ओमिक्रोनले फोक्सोमा नभई श्वासनलीमा आक्रमण गर्ने र फोक्सोलाई कम असर देखाएकाले संक्रमित गम्भीर बिरामी हुने खतरा पनि कम छ।

खुम्च्याउँदै विश्वको जीडीपी
युरोप र अमेरिकाको पु“जीबजार लयमा फर्किए पनि एसिया प्रशान्त क्षेत्रमा असर खस्कँदो अर्थतन्त्रले सिर्जना गरिरहेको छ। विश्व बैंकले जुन २०२१ मा ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदन सार्वजनिक गर्दै विश्वको जीडीपी वृद्धिदर यस वर्ष ५.६ प्रतिशत हुने तर ओमिक्रोनको उदयले सन् २०२२ मा ४.५ र २०२३ मा ३.२ प्रतिशतमा खुम्चने अनुमान गरेको छ। महँगी बढेको छ।

बुस्टर डोजले एन्टिबडीको तह उच्च हुने, भाइरसको मात्रा बढ्न तथा कोषहरूमा प्रवेश गर्न रोक्ने भएकाले ओमिक्रोनबाट ८५ प्रतिशत सुरक्षित रहने बेलायतका अनुसन्धानकर्ताहरूले जनाएका छन्। लन्डनस्थित इम्पेरियल कलेजले गरेको उक्त अध्ययनमा दुई मात्रा खोप लगाएकामा एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म कमी आएको कारणले खोप ओमिक्रोनमा कम प्रभावकारी देखिएको जनाएको छ। तसर्थ बुस्टर खण्डमा प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत देखिएको छ। तर, डेल्टालगायतका अन्य भेरियन्टमा यस्तो प्रभावकारिता ९७ प्रतिशत छ। नेपाल सरकारले पनि बुस्टर डोजका बारेमा यथोचित निर्णय गरोस्। कोरोनालगायतका संक्रमण रोक्न प्रदूषण, फोहोरजन्य रोगहरूको रोकथाम र पूर्णरूपमा नियन्त्रणमा ल्याउनुपर्छ। 

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.