होटलमा सामूहिक बलात्कार

होटलमा सामूहिक बलात्कार

काठमाडौं : सुर्खेतबाट काम खोज्दै बनेपा हिँडेकी एक ३४ वर्षीया महिलामाथि काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा सामूहिक बलात्कार भएको छ। पुस १२ गते ८ बजे राति ती महिला काठमाडौंको नयाँ बसपार्कमा ओर्लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले बताए। उनका अनुसार त्यसपछि नचिनेका एक युवकले उनलाई खाना खुवाउने र घरमा लगेर बास दिने प्रलोभन देखाइ होटलमा लगेर बलात्कार गरेका थिए। सुरुमा एक्लै होटल पुर्‍याएका ती युवकले पछि अरू ८ जना साथीहरूलाई पनि बोलाएर सामूहिक बलात्कार गरे। 

पीडित महिला होटलबाट भागेर मंगलबार दिउँसो बसपार्क नजिकैको प्रहरी बिटमा घटनाबारे जानकारी गराएपछि उक्त घटना सार्वजनिक भएको हो। गिरी भन्छन्, ‘डराउँदै प्रहरीको सम्पर्कमा आएकी ती महिला काठमाडौं पहिलोपटक आएकी थिइन्। प्रहरीमा पुग्दा उनले घटना घटेको ठाउँसमेत एकिन गरेर भन्न सक्ने अवस्था थिएन। बसपार्क मात्रै भनेका कारण बसपार्क क्षेत्रका सबै सीसीटीभी फुटेज हेरेर पीडकको खोजीमा लाग्यौं।’ 

पीडित महिलालाई थापाथलीस्थित प्रसूति गृहको एकद्वार संकट व्यवस्थापन केन्द्रको सेन्टरमा उपचार गरिएको छ। पीडित महिलाको उद्धारमा खटिएको प्रहरीको विभिन्न टोलीसँगै कालीमाटीको महिला सेल पनि खटिएको थियो। सेलकी प्रमुख अनु लामाका अनुसार पीडितको स्वास्थ्य खतरा मुक्त छ। उनलाई काठमाडौंको एक सेल्टरमा आश्रय दिइएको छ।  

पीडित महिलाले प्रहरीमा दिएको बयानअनुसार कामको शिलशिलामा भारत गएका उनको श्रीमान् वर्षौंसम्म पनि  फर्किएनन्। श्रीमान् नभएपछि उनले श्रीमान्को घर हुम्ला छाडिन्। नाबालक २ सन्तान च्यापेर उनी सुर्खेत माइतीमा बस्दै आएकी थिइन्। छोराछोरीको लालनपालनमा समस्या भएपछि उनलाई गाउँकै भद्रभलादमीले काठमाडौं बनेपा जान सल्लाह दिए। उनले भनेकी छन्, ‘बनेपामा ढलानको काम पाइन्छ, आम्दानी पनि हुन्छ भनेर गाउँका मानिसले भनेपछि म १२ गते बिहानै काठमाडौंका लागि हिँडे।’ 

राति ८ बजे बसपार्क ओर्लेर बनेपा जाने बस खोज्दै गर्दा एक युवकलाई सोध्न पुगिन्। ती युवकले ‘मेरो घर जुम्ला हो। यहाँ नजिकै मेरो कोठा छ। कोठामा २ जना दिदी पनि हुनुहुन्छ’ भन्दै आत्मीयता देखाएर विश्वासमा पारे। काठमाडौंका लागि उनी अन्जान भएकाले युवकसँग गएको बताएकी छन्। बयानअनुसार उनीसँग न पैसा थियो न मोबाइल नै। आश्रय खोज्दै युवकलाई विश्वास गरिन्। तर, ती युवकले होटलमा लगेर खाना खुवाए त्यसपछि  स्प्राइटमा औषधि हालेर खुवाएछन्। त्यसपछि उनलाई मित्रनगरको एक होटलमा लगेर बलात्कार गरे। 

प्रहरीले बलात्कारमा संलग्न ९ जनामध्ये ७ जनालाई १३ गते (मंगलबार) नियन्त्रण्मा लिएको थियो भने फरार रहेका २ जनालाई पनि बुधबार (१४ गते) नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, वडा– ११ का २४ वर्षीय चन्द्र साउद, २५/२६ वर्षीय हस्त नेपाली रहेका छन्। त्यस्तै, सोही नपा–६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन्। 

चन्द्र साउद र हस्त नेपालीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.