पारिश्रमिकको माग गर्दै आन्दोलनको घोषणा
विराटनगर : मोरङको जाहदा गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरुले सरकारले बजेट मार्फत घोषणा गरेको सेवासुविधाको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।
विराटनगरमा पत्रकार सम्मेलको आयोजना गरेर उनीहरुले पारिश्रमिक बैद्यानिक तथा पूर्व विनयोजित बजेट अनुरुप कार्यावन्यनमा नल्याएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।
नेपाल शिक्षक महासंघ स्थानीय कार्य समिति जहादा गाउँपालिकाका अध्यक्ष चैतु लाल मण्डलले सरकारले बजेट मार्फत घोषणा गरेका सेवा सुविधा गाउँपालिकाले दिन नमानेकाले आन्दोलनमा उत्रिएको बताए । विभिन्न ८ वटा संगठनका प्रतिनिधिहरुले पत्रकार सम्मेलनमा सरकारले बजेटमार्फत ८ हजार र स्थानीयतह मार्फत ७ हजार दिने घोषणा गरेपनि गाउँपालिकाले पारिश्रमिक दिन नमानेको आरोप लगाएका छन् ।
पहिलेदेखि नै दिदै आएको ६ हजारसहित एक हजार प्रोत्साहन भत्ता मात्र दिने गरेको अध्यक्ष मण्डलले बताए । पटक-पटक वडा अध्यक्षदेखि प्रमुखलाई भेटर आग्रह गर्दा आलटाल गर्दे आम्दनी नरहेको भन्दै निर्णय नगरेकाले आन्दोलनमा उत्रिएको उनले बताए । उनका अनुसार अगामी १९ गते देखि गाउ“पालिका तालाबन्दी गरेर सम्पूर्ण कामकाज ठप्प पार्दै पुष २१ गतेसम्म धर्ना दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
तीन दिन भित्र पनि मागको सुनवाही नभए थप सशक्त आन्दोलनको कार्यक्रम ल्याउने उनीहरुले चेतावनी दिएका छन् । यसअघि उनीहरुले पुष १४ र १५ गते हातमा कालो पट्टी बाधेर काम गरेका थिए । जहादा गाउँपालिकामा ३२ वटा बालविकास लगायतका शैक्षिक संस्थाहरुमा करिब एक सय १० कर्मचारी तथा बालविकास सहयोगीहरु कार्यरत रहेका छन् ।