दार्चुलामा चिकित्सक अभाव, सेवा प्रभावित

दार्चुलामा चिकित्सक अभाव, सेवा प्रभावित

दार्चुला : जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो । 

जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भएपनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्तिमा अध्ययन अन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।

प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी बिवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले जानकारी दिए । अस्पतालमा तीन स्टाफ नर्सको दरबन्दी रहेकामा तीनै जना कार्यरत छन् । अस्पतालमा हेल्थ असिस्टेन्ट एक, अहेब दुई, अनमी दुई तथा ल्याब असिस्टेन्ट एक जना कार्यरत छन् । 

जिल्लामा हाल ४० स्वास्थ्य चौकी, पाँच निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, चार नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, आठ माइक्रोस्कोपिक सेन्टर, दुई डट्स सेन्टर तथा तीन सब कोल्ड चेन सेन्टर छन् । जिल्लाभरी १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् । 

यस्तै जिल्लामा एक वर्षको अवधिमा एक हजार १८२ जनाले स्वास्थ्य बीमा गराएका छन् । कोरोनाविरुद्वको पूर्ण खोप लगाउनेको सङ्ख्या ६४ हजार ३७० जना पुगेको छ । व्यास गाउँपालिकामा ४  हजार २२३, दुहुँमा ५ हजार ११२, महाकाली नगरपालिकामा ११ हजार ९४०, नौगाड गाउँपालिकामा ७ हजार ६८१, अपिहिमाल गाउँपालिकामा ३ हजार ३९०, मार्मा गाउँपालिकामा ६ हजार ५१०, शैल्यशिखर नगरपालिकामा ११ हजार ८५६, मालिकार्जुन गाउँपालिकामा ८ हजार ६३५ तथा लेकम गाउँपालिकामा पाँच हजार १२३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

जिल्लाभरी खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८५ हजार ३९३ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.