१८ वर्षपछि आँखा देख्न पाउँदाको खुसी : 'फेरि संसार देख्ने मौका पाए'

१८ वर्षपछि आँखा देख्न पाउँदाको खुसी : 'फेरि संसार देख्ने मौका पाए'

सिन्धुली  :  सुनकोसी गाउँपालिका-६ सितलपाटी सिन्धुलीका लोकबहादुर खड्का आफ्नो आँखा बन्द भएको तीन वर्षपछि बिहिबार आँखा देख्दा निक्कै दंग परे ।  ७९ वर्षीय खड्काले तिनवर्ष पछि पुनः आँखाको ज्योति फर्कदा आफ्ना भान्जालाई अंगालो हालेर रोए र खुसीको आँसु वर्षाए । भने, ‘गरिब र दुखीको साथमा भगवान हुन्छन् भन्थ्ये हो रहेछ । आज मेरा लागि डाक्टरहरु भगवान सरह नै भईदिए । दुबै आँखाको ज्योति गुमाएर थलामा बसेको तीन वर्षपछि पुनः नयाँ जीवन पाए । फेरि संसार देख्ने मौका पाए ।’

सुनकोसी गाउँपालिका-६ खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालमा तीन दिनदेखि संचालन भएको निःशुल्क आँखा अप्रेसनपछि खड्काले बन्द भएको तीन वर्षपछि पुनः आँखा देख्न सक्ने भएका हुन् । 

परिवारमा कोहि नभएका एक्ला उनी नाताले भान्जा पर्ने प्रेमबहादुर थापाकोमा २६ वर्षदेखि बस्दै आएका थिए । दुबै आँखा मोतिविन्दु भएपछि तीन वर्षपछि ओछ्यानमा थलिएका खड्कालाई गाउँघरमै संचालन भएको शिविरले पुर्नजीवन दिएको हो ।

‘आँखा नदेख्दा खान, लगाउन, बाहिर भित्र हिँडडुल गर्न पनि अर्कैको सहारा लिनुपथ्र्यो । अब त आफै भान्जाको घर जान सक्ने भएको छु,’ उनले भने । 

खड्का जस्तै पदममाया कार्की १८ वर्षपछि आँखा देख्न पाउँदा निक्कै खुसी छिन् । कुनै आफन्त नभएपछि सुनकोशी र तामाकोसीको संगमस्थलस्थित त्रिवेणी महादेव मन्दिर आश्रममा बस्दै आएकी ९० वर्षीया बृद्धा कार्कीले निःशुल्क मोतिया विन्दुको अप्रेसन गर्नपाएपछि १८ वर्षपछि आँखा देख्न पाएकोमा निक्कै खुसी लागेको बताईन् । 

‘आँखा नदेख्दा मेरालागि आश्रम नै संसार थियो । एम्बुलेन्समा चढाएर मलाई अप्रेसनका लागि अस्पताल ल्याउनुभयो । अहिले आँखा देख्न सक्ने भए अब आफै हिँडेर आश्रम जान सक्छु,’ कार्कीले भनिन् ।

सुनकोसी गाउँपालिका-६ सितलपाटीकै ६५ वर्षीया विन्दा सर्किनी पनि बिहिबार चार वर्षपछि आँखा देख्न पाउँदाको खुसी, अस्पताल र डाक्टरहरु नै भएको बताउँछिन् । उनी पनि एकल महिला हुन् । आफ्नो आफन्त भन्ने कोहि छैनन् । उनका श्रीमान् शमसेर सार्की लामो समयदेखि वेपत्ता छन् ।

‘औषधी उपचार गर्न लगि दिने र खर्च गरिदिने कोही पनि थिएनन् । तर, गाउँमै आँखा शिविर आएको थाहा पाएपछि वडाअध्यक्षको सहारा लिएर अप्रेसन गर्न आएको थिए । दुई दिनमै आँखा देख्न सक्ने भए । हामी एकल र गरिबका लागि यस्तो शिविर बरदान सावित भयो,’ सर्किनीले भनिन् ।

यि त केही उदाहारण मात्र हुन् । सगरमाथा चौधरी आँखा अस्पताल लाहानको आर्थिक तथा प्राविधिक सहयोग तथा आत्मीय सामुदायिक अस्पताल खाल्टेको समन्वयमा भएको तीन दिने निःशुल्क आँखा अप्रेशन शिविरले रामेछाप र सिन्धुलीका सयौं विपन्न, अपाङ्ग, बृद्धबृद्धा एकलहरुले सेवा पाएका छन् ।

अस्पतालले दुई वर्ष अघि एक हजारबढीको आँखा जाँच गराउँदा एक सयबढीमा मोतिया विन्दुका कारण पूर्ण रुपमा ज्योति गुमाउनेहरुको पहिचान गरेको थियो । बीचमा उनीहरुको अप्रेसन तयारी गरिएको भएपनि कोरोना भाईरसको संक्रमणका कारण रोएिकोमा यस पटक तीनदिने शिविर संचालन गरेर निःशुल्क अप्रेसन गरिएको आत्मीय सामुदायिक अस्पतालका कार्यकारी निर्देशक संजिव केसी बताउँछन् । 

‘अप्रेसनमा आउने विरामीहरुलाई निःशुल्क अप्रेसन, औषधी, चस्मा, खान बस्न र घरबाट ल्याउन र पुर्याउन समेत अस्पतालले निःशुल्क गरेको छ,’ केसीले भने ।

अप्रेसनमा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी सितलपाटीसंग समेत समन्वय भएको छ । अप्रेसनमा सिन्धुलीको सुनकोशी, गोलन्जोर गाउँपालिका र रामेछापको खाँडादेवी गाउँपालिकाका नागरीकहरुले सेवा निःशुल्क सेवा लिएको वडाअध्यक्ष लक्ष्मीप्रसाद तिमल्सीनाले बताए ।

विपन्न वर्गका नागरिकहरुलाई स्थापना कालदेखिकै निःशुल्क सेवा प्रदान गर्दै आएकोमा पैसा नभएका कारण समयमा आँखा जाँच समेत गर्न नसक्नेहरुका लागि शिविरको आयोजना गरेर निःशुल्क सेवा प्रदान गरिएको आत्मीय सामुदायिक अस्पतालका डाक्टर अतुल गौतमले स्पष्ट पारे ।

ग्रामिण क्षेत्रका अधिकांस नागरिकहरुमा समयमा आँखा जाँच नहुँदा धेरैमा मोतिया विन्दुका कारण ज्योति गुमाउन बाध्य भएको थाहा पाएपछि आफूहरुले अस्पतालसंग समन्वयमा प्राविधिक सहयोग सहित निःशुल्क आँखाको अप्रेसनका लागि सिन्धुली आएको सगरमाथा चौधरी आँखा अस्पताल लाहालनका फिल्ड संयोजक राजकुमार यादवको भनाई छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.