भैरहवामा माघ २६ देखि ‘लुम्बिनी महोत्सव’

भैरहवामा माघ २६ देखि ‘लुम्बिनी महोत्सव’

भैरहवा : रुपन्देहीको भैरहवामा माघमा छैठौं लुम्बिनी महोत्सव–२०७८(उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सव) हुने भएको छ । उद्योग व्यापार संगठन (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श)  रुपन्देहीको आयोजनामा आगामी माघ २६ देखि फागुन ८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष अनिल ज्ञवालीले यस पटकको महोत्सवमा विशेष आकर्षणहरु रहने बताए ।

उनले उद्योग, ब्यपार, कृषि, पर्यटनको अलग–अलग डुम बनाईने बताउँदै अहिले महोत्सवको प्रवेशद्वारमा सुरुङ्ग मार्ग बनाईने, बालउद्यान र सेल्फीजोनका साथै महोत्सव सचिवालयलाई आकर्षण र कुनै धार्मिक वा पूरातात्विक झझल्को आउने किसिमले बनाईने बताए ।

ग्रामीण क्षेत्रका स्थानियलाई लक्षितगरि महोत्सवमा कुस्ती, भलिबल, तेक्वान्दो लगायतका खेल पनि प्रस्तुत गरिने छ । महोत्सवमा पर्यटकिय स्थलहरुको परिचयसहित फोटो प्रर्दशनी, कृषि उत्पादनहरुको प्रर्दशनी तथा कृषि उपजबाट निर्मित खानाका परिकार, घरेलु तथा साना उद्योग, महिला हस्तकलाका उत्पादन लगायत गरी चार सय बढी स्टलहरु राखिने भएको छ ।

महोत्सवको लागि बिदाका दिन बाहेक बिहान ८ बजे देखि ११ बजे सम्मको लागि प्रवेश निःशुल्क गरेको आयोजकले जनाएको छ । यस बाहेक अन्य दिनको लागि साधारण टिकट दर ७० रुपैयाँ तोकेको संगठनका अध्यक्ष अनिल ज्ञवालीलले जनाए । बिद्यार्थीको लागि ४० रुपैयाँ, ७० बर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग, भएकालाइ निःशुल्क प्रवेशको ब्यवस्था गरिएको छ । यस्तै संस्थागत लेटरपेडसहित आउनेलाई ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

राष्ट्रलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्ने उद्देश्य सहित यस क्षेत्रका आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएका संगठनका पूर्व अध्यक्ष खिमबहादुर खत्रीले जनाए ।

भारतीय बजारको तुलनामा नेपाली बजारमै समानहरु सस्तो भएपनि अहिले पनि उपभोक्ताहरु भारत जाने परिपाटीलाई न्यूनिकण गर्न सचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाई छ । उनले यो प्रयासलाई यस पटकको महोत्सवमा पनि निरन्तरता दिने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.