नेपाली कांग्रेस सधैं मध्यमार्गी धारमै : सह–महामन्त्री राठौर

नेपाली कांग्रेस सधैं मध्यमार्गी धारमै : सह–महामन्त्री राठौर

गुलरिया : नेपाली कांग्रेस पार्टी मध्यमार्गी धारमा रहेको सह–महामन्त्री किशोर सिंह राठौरले बताएका छन्। केन्द्रीय तथा जिल्ला समितिमा बर्दियाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वीपीको राष्ट्रिय मेलमिलाप दिवसका सन्दर्भमा आयोजित कार्यक्रम मार्फत गृहजिल्लामा बधाई तथा शुभकामना दिँदै नेता राठौरले कांग्रेस उग्र बामपन्थी र उग्र दक्षिणपन्थी धारबीचको मध्यमार्गी पार्टी भएको प्रष्ट्याए।

कांग्रेसले ४६ सालको आन्दोलन, ०६२/६३ आन्दोलनलगायत जंगलमा रहेका माओवादीहरुलाई राज्यको मूलप्रवाहमा ल्याउन मध्यमार्गी भूमिका निर्वाह गरेको स्मरण गराए। शहिदको रगतले सिंचिएको, नेताहरुको त्याग र बलिदानीको गाथा बोकेको कांग्रेस पार्टीलाई सभापति शेरबहादुर देउवाले एकढिक्का बनाएर महाधिवेशन सम्पन्न गर्न सफल भएको उनको दावी थियो।

१४ औं महाधिवेशनमा विजेता समितिहरुले उपविजेता साथीहरुलाई सहयोगगर्दै अघि बढ्न निर्देशन दिँदै राठौरले भने, 'निर्वाचनका उपविजेता साथीहरुले विजेता समितिलाई सहयोग गर्नुस्।' पार्टीमा उपविजेता बनेका नेता तथा कार्यकर्ताहरुलाई मिलाएर अघि बढ्न विजेता समितिहरुलाई अनुरोध गरे।

केन्द्रिय सदस्य एवम् पूर्व भुमिसुधार मन्त्री गोपाल दहितले ईतर समूहबाट केन्द्रिय सदस्यमा निर्वाचित पूर्व सिंचाई मन्त्री एवम् सांसद संजय कुमार गौतमलाई भारी बधाई दिँदै भने, 'हामी संस्थापन प्यानलको बलमा निर्वाचित भयौं तर गौतम् जी ईतर समूहबाट एक्लै सदस्य पदको निर्वाचन जित्न सफल हुनु भएको छ। त्यसैले उहाँलाई धेरै धेरै बधाई छ।' पार्टीलाई एकढिक्का बनाउन आफू सधैं लागिरहने नेता दहितको भनाई छ।

केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री संजयकुमार गौतमले पार्टीलाई एकढिक्का बनाएर आगामी सबै तहका निर्वाचनमा होमिनुपर्ने बताएका छन्। पार्टी एक बनाउन कुनै कसर नराख्ने प्रतिबद्धता उनको छ। विजेता साथीहरुले उपविजेता साथीहरुको भावनाको सम्मानगर्दै अघि बढ्नुपर्नेमा नेता गौतमले जोड दिए। कार्यक्रममा मुस्लिम महिलाबाट सदस्य पदमा निर्वाचित जुवेदा खातुन जागा, बाँकेबाट केन्द्रिय सदस्यमा निर्वाचित मैकुलाल बाल्मिकिले पार्टी एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.