साउदीमा कोरोना भाइरस बढ्दो, नियम उल्लंघन गर्नेलाई १ लाख रियलसम्म जरिवाना

साउदीमा कोरोना भाइरस बढ्दो, नियम उल्लंघन गर्नेलाई १ लाख रियलसम्म जरिवाना

साउदी : साउदी अरेबियामा कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सावधानीका उपायहरू पुन: लागू गरेको छ। बिहीबारदेखि लागू हुने गरी व्यावसायिक केन्द्र, बजार , मल, रेस्टुरेन्ट र क्याफेहरूको लागि स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा हुनुपर्ने, सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनेलगायतका नियम लागू गरेको छ।

कोरोना भाइरस नियन्त्रणविरूद्धको नियम उल्लंघन  गरे १ लाख रियलसम्म जरिवाना हुनेछ मास्क नलगाउने, सामाजिक दुरी कायम नराख्ने व्यक्तिलाई सुरूमा १ हजार रियाल जरिवाना हुने र जरिवाना उल्लंघन  दोहोरिने सँग दोब्बर हुनेछ भने पुन दोहोर्‍याएको खण्डमा १ लाख रियलसम्म जरिवाना  हुनेछ। 

सरकारले विभिन्न क्षेत्रमा उपायहरू पुन : लागू गरेको २४ घण्टा भित्रमा कोरोना भाइरस सावधानीका उपायहरू र रोकथाम प्रोटोकलहरूको कुल ४ हजार १ सय ५९ उल्लंघन हरू पत्ता लगाएका छन्।

कोरोना भाइरस संक्रमित संख्या बढेसँगै नेपाली दुतावास रियाद र वाणिज्य दूतावास जेद्धाले कार्यरत नेपालीलाई साउदी सरकारले लगाएको कोरोना रोकथामको नियमको पालना गर्न आग्रह समेत गरेका छन्। हालसम्म  साउदीमा ५ लाख ५६ हजार २ सय ३६ जना संक्रमित, ८ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने ५ लाख ४१ हजार ८ सय ५३ जना निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.