विहारमा मदिरा बन्द भएपछि नयाँ वर्ष मनाउन नेपालमा भारतीयको भिड
विराटनगर : बितेको वर्षलाई स-सम्मान बिदाई गर्ने र आउँदो वर्षको स्वागतमा स्पष्टता र उत्साहसाथ मनाउन भारतीयहरुको गन्त्वय सधैँझै यो वर्ष पनि नेपाल बनेको छ । नयाँ वर्ष मनाउन भारतीयहरु आएकाले सिमावर्ती बजारमा भिड बढेको छ ।
अंग्रेजी नयाँ वर्ष मनाउने भारतको विहार प्रान्तका बासिन्दाहरुको चाहना यस पटक नेपालको सिमावर्ती बजार बनेको हो । विहारमा मदिरा विक्रिवितरणमा रोक लगाएकाले उनीहरु मदिराको चुस्कीसंगै उत्साहका साथ नयाँ वर्ष बनाउन नेपाली सिमावर्ती बजारलाई गन्त्वय बनाएको बताइको छ ।
बितेको वर्ष २०२१लाई समानपूर्वक बिदाई गर्न र अंग्रेजी महिनाको २०२२लाई हर्षोउल्लासका साथ मनाउन विराटनगरको सिमावर्ती बजार रानीहुँदै विराटनगर, इटहरी, भेडेटार, हिले र धनकुटालगायतका सुरक्षित बजारमा संचालनमा रहेको होटल तथा लजहरुमा बस्न शुक्रबार देखि नै भारतीय नागरिकको भिड लागेको छ । उनीहरुको मोरङको रानी, सुनसरीको सिमावर्ती बजार भण्डाबारी ,कोशी व्यारेज हुँदै भारदह बजारसम्म पुग्ने गरेको पाइएको हो ।
कोशी ब्यारेजमा पूर्णिमाको दिन ठूलो मेला लाग्ने भएकाले भारदह, मधवापुर लगायतका रहेका आफ्ना आफन्तको घरमा शुक्रवार देखि नै पाहुना आएर बसेका छन् । कतिपयले विहारमा मदिरा पिएको अवस्थामा प्रहरीको फन्दा परे कारवाही हुने डरले पश्चिम बगाललको सिलीगुड्डीको पानीट्याङी हुँदै बिर्तामोड, मुलघाटसहित इलामको होटलहरुमा बास बसेर नयाँ वर्ष मनाइरहेका छन् ।
मोरङ ट्राफिकका अनुसार शुक्रवार बिहानैदेखि भारतीय गाडीहरु ब्यालुनसहित माला लगाएर नेपाल प्रवेश गरेको छन् । अन्य दिनको तुलनामा सिमावर्ती क्षेत्रमा बढी भिडभाड रहेकाले व्यापक प्रहरी परिचालन गरीएको छ ।
२०२१को अन्तिम दिन ३१ डिसेम्बर शुत्रवार मात्रै विराटनगरको रानी नाका हुँदै दुई सय एकवटा भारतीय नम्बर प्लेटका स्कारपिओ, भ्यानसहित ससाना गाडी भन्सार कटाएर नेपालको सिमावर्ती बजार प्रवेश गरेका छन् । त्यस्तै नयाँ वर्षको दिन यो समाचार तयार पार्दासम्म दुईसय ४० वटा गाडी नेपाल प्रवेश गरेको र प्रत्येक गाडीमा ५ जना देखि १२ जनासम्म सवार रहेको रानीस्थित रहको ट्राफिक कार्यालयका प्रहरी नायव निरिक्षक दिलीप चौधरीले जानकारी दिए ।
नयाँ वर्षलाई लक्षित गर्दै मोरङ प्रशासनले गीत गजलसहित होटलहरुलाई राती १२ बजेसम्म संचालन गर्न छुट दिइएको छ । अन्य दिन राति १० बजेसम्म मात्र संचालन गर्न अनुमति प्रदान गरेको थियो ।
विराटनगरमा संचालनमा रहेको होटल, क्याबिनसहितको रेष्टुरेन्ट, लजहरु खचाखच प्याक रहेको बताइएको छ । कतिपय भारतीय नागरिकहरुले दुई दिनदेखि डेरा नै जमाएर बसेका छन भने कपितपयले दुईदिन अगावै आफन्त र साथीको घरमा बसेर नया“ वर्षलाई मदिराको चुस्कीसंगै मनाइरहेका छन् । विराटनगरको रोड शेष, ट्रार्फिक चोकसहित महाबिर रोडका गल्लीहरुमा भारतीय गाडीहरु खचाखच भरिएका थिए ।
नेपालमासमेत अंग्रेजी महिनाको बितेको वर्षलाई विदाई गर्न र नयाँ वर्षको स्वागत गर्न युवायुवतीहरुसमेत शुक्रवार रातिदेखि नै विभिन्न होटलहरुमा साथीहरुसंग मिलेर सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् । विगतको भन्दा यस वर्ष सिमावर्ती बजारमा बढी मात्रामा भारतीय नागरिकहरु आएको सिमावर्तीका बासिन्दाहरुले बताएका छन् ।
भारतीय मोटरसाईकलहरु गाडीको तुल्नामा तेब्बर नेपाल प्रवेश गरेका छन् । शुक्रवार मोटरकाइकल तीन सय ३ र शनिवार मोटसाइकल एक ९७ वटा नेपाल प्रवेश गरेका छन् । यसअघि पनि बिहार राज्यमा मदिरा बिक्री वितरणमा पूर्ण रोक लगाएसंगै सिमावर्ती नेपाली बजारमा मदिरा खाने बिहारीको भिड बढ्न थालेको थियो । तर बिहारमा मदिरा सेवन गरेको भेटिए कडा कारवाही गर्न विशेष प्रहरी नै परिचालन गरे पछि भारतीयहरु नयाँ वर्ष मनाउने दुई दिने यात्रामा सिमावर्ती बजार आएको अनुमान गरिएको छ ।
सिमा प्रहरीले हरेक गतिविधिलाई सुक्ष्म ढंगले निरीक्षण गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।