ट्याक्टरमा च्यापिएर महोत्तरीमा एकजनाको मृत्यु

ट्याक्टरमा च्यापिएर महोत्तरीमा एकजनाको मृत्यु

महोत्तरी : टयाक्टरमा च्यापिएर महोत्तरीमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुर टोलका २२ वर्षीय शैलेन्द्र सदाको ट्याक्टरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले तिव्र गतिमा रहेको ट्याक्टरमा च्यापिएर सदाको मृत्यु भएको हो । चालकसहित सात जना सवार ट्याक्टर ओभर स्पीडका कारण महोत्तरीको लोहारपट्टी नगरपालिका–४मा आफै अनियन्त्रित भएर सडक छेउमा पल्टेको थियो ।

मृतक सदाको शव जिल्ला अस्पताल जलेश्वटरमा पोष्टमार्टमगरी आफन्तनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चालक महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पसवान घाइते भएका छन् ।

उनको प्रहरीको निगरानीमा उपचार भैइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अन्य व्यक्तिहरु सामान्य उपचार पश्चात घर फर्केको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.