सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ८ जना घाइते

सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ८ जना घाइते

जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा चार आन्दोलनकारी र चार प्रहरी जवान घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली चलाएको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारी राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बीच झडप भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहर्री नायव उपरिक्षक (डीएसपी) दीपेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । गोली चलेपछि आन्दोलनकारीहरु तितरवितर भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनकारीको तर्फबाट ढुंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भएको बताए । आन्दोलनकारीको ढुंगामुडाबाट २ जना प्रहरी र २ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।

यद्यपी प्रदर्शकारीका अनुसार झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जना प्रदर्शनकारी घाइते भएको बताएका हुन् । झडप अहिले पनि जारी नै रहेकाले राज्यमार्ग खोलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले त्यहाँ नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।

जनमत पार्टीले किसान आन्दोलनको नाउँमा राज्यमार्गहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.