नयाँ वर्षको अवसरमा फ्रान्समा एकैदिन ८ सयभन्दा बढी कारमा आगजनी

नयाँ वर्षको अवसरमा फ्रान्समा एकैदिन ८ सयभन्दा बढी कारमा आगजनी

पेरिस : नयाँ वर्षको अवसरमा फ्रान्सभर एकैदिन ८ सयभन्दा बढी कारमा आगजनी गरिएको छ । दशकौं पुरानो प्रचलनअनुसार नयाँ वर्षको अघिल्लो दिन देशभर ८ सयभन्दा बढी कारमा आगजनी गरिएको हो ।

फ्रान्सको आन्तरिक मामला मन्त्री जेराल्ड डर्मानिनकाअनुसार नयाँ वर्षको अघिल्लो दिन अर्थात् न्यु इयर इभमा फ्रान्सभर ८७४ कारहरु जलाइएका हुन् । यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष कम संख्यामा कारहरु जलाइएका हुन् ।

फ्रान्समा अवैध, चोरी, गुन्डागर्दी र गलत विमा दाबी गर्दै आएका कारहरुलाई सरकारले नयाँ वर्षको अघिल्लो दिन जलाउँदै आएको छ । दशकौं वर्ष पुरानो सो प्रचलनअनुसार सरकारले यसवर्षमा पनि निरन्तरता दिएको हो।

आन्तरिक मन्त्रालयकाअनुसार सन् २०१९ मा १३ सय १६ कारहरु जलाइएका थिए । यसवर्ष कोभिड १९ का कारण यसवर्ष सो संख्या घटेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.