अस्पतालकै खर्चमा जुम्ल्याहा बच्चाको उपचार

अस्पतालकै खर्चमा जुम्ल्याहा बच्चाको उपचार

विराटनगर : विराटनगरस्थित गोल्डेन अस्पतालले कम तौल भएको जुम्ल्याहा बच्चाको उपचार आफ्नै खर्चमा गरीदिएको छ । २६ हप्तामा नै जन्मेको ७ सय ग्रामको जुम्ल्याहा (जुडवा) बच्चाको उपचार खर्च व्यहोर्दै गोल्डेन अस्पतालले बच्चाको ज्यान जोगाएको हो  ।

विराटनगरमा निजीक्षेत्रबाट सञ्चालनमा रहेको अस्पतालहरुले उपचार खर्च तीर्न नसक्दा अस्पतालमा नै बिरामीलाई बन्धक बनाउने, शव लग्न नदिने घटना दिनानुदिन आइरहेका बेला गोल्डेन अस्पतालले आर्थिक कमजोर भएको परिवारमा जन्मेका जुम्ल्याहाको औषधीसहितको उपचार गरिदिएको हो  । 

मोरङको सुनवषी-३ की १८ वर्षीय सीमा बस्नेतले सामान्यरुपमा ९सयग्राम र ७ सयग्रामको जुम्ल्याहा बच्चाको जन्म दिएकी थिईन । आर्थिकअवस्था कमजोर भएकाले  विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि लगेपनि त्यहाँका चिकित्सकले भर्ना नगरेपछि गोल्डेन अस्पताल ल्याएका थिए ।

एक महिना एनआइसियुमा दुवै बच्चालाई राखेर अस्पतालले आईतवार डिस्चार्ज गरेको छ । अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सतिस यादवले जुम्ल्याहा बच्चाको सफल उपचार गरेका हुन् ।

मंसिर २० गते अस्पतालमा भर्ना हुँदा जुम्ल्याहा बच्चाको स्वास्थ्यमा गम्भिर प्रकारको समस्या रहेको डाक्टर यादवले बताए । श्वास रुक्ने, ब्लड पे्रसर कमसंगै किड्नीको समस्या  रहेको उनले बताए । उनीहरुको उपचारमा जोखिम उठाएर गरेर सफलता प्राप्त भएको डाक्टर यादवल बताए । 

७ सयग्राम तौल भएको बच्चालाई ६ दिन भेन्टिलेटरमा राख्यौं डा यादवले भने–‘त्यसक्रममा सुधार आएपछि एनआइसियुमा राखेर उपचार ग¥यौ । अस्पतालले ९सयग्राम तौल भएको बच्चाको उपचारपछि ११ सयग्राम तौल भएको र १० दिन आमासंगै राखेर डिस्चार्ज गरेको थियो । एक बच्चा डिस्जार्ज गरेपछि जुम्ल्याहा अभिभावकले उपचार खर्च तिर्न नसक्ने अस्पताललाई भनेपछि अस्पतालले अर्को बच्चाको उपचारमा औषधीसहित खर्च आफैले तिरेर उपचार गरेको अस्पतालका सञ्चालक शनातन मण्डलले जानकारी दिए ।

डाक्टर यादवले ७ सयग्राम तौल भएको बच्चालाई अझै केही हप्ता राखेर उपचार गरी जोगाउन सकिने भनेपछि तत्काल अस्पतालले निर्णय नै गरेर सबै खर्चसहित औषधीसमेत दिने गरी उपचार गरेको सञ्चालक मण्डलले बताए । 

जुम्ल्याहाका हजुरआमा निरा बस्नेतले अस्पताल ल्याउँदा बच्चा बाच्ने आश मारेर नै आएको बेला चिकित्सकले जोगाइदिएको बताईन् । अस्पतालले आफूलाई औषधीसहितको सेवा दिएर दुवै नातीलाई जोगाएको बताइन् । खेती गरेर जीविकोपार्जन गर्दै आएका बेला खर्च कहाँबाट तिर्ने भने चिन्ता थियो उनले भने-‘अस्पतालले उपचारसंगै औषधी समेत दियो ।‘

विकसित देशहरुमासमेत ७ सयग्राम तौल भएको बच्चा जोगाउने सम्भावना ५० प्रतिशत मात्र रहने गरेको पाइएको छ । बच्चाको तौल जन्मिदा करिब अढाईदेखि ४ किलोग्राम हुनुपर्ने हुन्छ । २६ हप्ताको समयमा ७ सयग्राम तौल भएको जुम्ल्याहा बच्चाको सफल उपचार गर्ने पूर्वीक्षेत्रको पहिलो अस्पतालले भएको दाबी अस्पतालले दाबी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.