अटो दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पा : रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ ह्वामाको गर्पा कापडाँडा सडकबाट अटो २ सय मिटर तल खस्दाँ चालकको मृत्यु भएको हो। ह्वामाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटनाहुँदा रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षिय खुम रोकाको मृत्यु भएको हो । यात्रुलाई गाउँ छोडेर सदरमुकाम फर्किने क्रममा अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ ह ३०५१ को अटो सडकबाट करिब दुईसय मिटर तल भिरमा खस्दा चालकको घटनास्थल मै ज्यान गएको हो ।