मेसीलाई कोरोनाबाट सङ्क्रमण

मेसीलाई कोरोनाबाट सङ्क्रमण

पेरिस: विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। 

अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन्। 

उनलाई सङ्क्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ। सङ्क्रमण पुष्टि भएसँगै उहाँले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउनु हुने भएको छ।

उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.