पुनर्वहाली भएको एक सातामै सुडानका प्रधानमन्त्रीले दिए राजीनामा

पुनर्वहाली भएको एक सातामै सुडानका प्रधानमन्त्रीले दिए राजीनामा

खार्तोम : पुनर्वहाली भएको एक सातामै सुडानका प्रधानमन्त्री अब्दल्ला ह्यामडकले राजीनामा दिएका छन्। विवादास्पद रूपमा सैनिक शासकसँग सम्झौता गरी प्रधानमन्त्रीमा पुनर्वहाली भएका उनले राजीनामा दिएका हुन्।

ह्यामडक प्रधानमन्त्रीमा पुनर्वहाली भएपछि ‘नाजायज’ सम्झौता गरेको भन्दै विशाल प्रदर्शन भएको थियो। अलजजिरा समाचारका अनुसार उनले प्रदर्शनमा दुई जना मारिएको भोलिपल्ट पदबाट राजीनामा दिएका हुन्। उनले आफूले अन्तिम समयसम्म सुडानलाई खतराबाट मुक्त गराउन प्रयास गरेको जिकीर गर्दै राजीमा दिएका हुन्। ‘विनाशतिर लाग्न नदिन मैले आफ्नो सक्दो राम्रो गर्ने कोशिश गरेको थिएँ’, टेलिभिजन मार्फत् राजीनामा दिने क्रममा भनेका छन्।

सेना र राजनीतिक दलबीच शक्ति सम्झौता गरी चलिरहेको सत्ता गत अक्टोबरमा सेनाले प्रधामन्त्री ह्यामडकलाई नजरबन्दमा राख्दै नियन्त्रणमा लिएको थियो। २०१९ मा राष्ट्रपति ओमार अल–बाशिरलाई अपदस्थ गर्दै सेना र राजनीतिक पार्टीले सत्ता सञ्चालनमा साझेदारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.