हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास
हाइटी : हाइटीका प्रधानमन्त्री एरिएल हेनरीको हत्या असफल प्रयास भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार एक कार्यक्रममा सहभागी भइरहेका बेला उनको हत्या प्रयास भएको हो।
कार्यक्रमका भइरहेका बेला प्रधानमन्त्रीलाई लक्षित गरेर सशस्त्र मानिसले गोली चलाएका थिए। गोली लागेर कम्तिमा एक व्यक्तिको ज्यान गएको साथै कयौँ घाइते भएको समाचारमा जनाइएको छ।
प्रधानमन्त्री हेनरी भने सकुशल रहेका छन्। उनी २० जुलाई २०२१ मा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।