बलिउड अभिनेता जोन अब्राहम र उनकी श्रीमतीलाई कोरोना संक्रमण

बलिउड अभिनेता जोन अब्राहम र उनकी श्रीमतीलाई कोरोना संक्रमण

नयाँ दिल्ली : बलिउड अभिनेता जोन अब्राहम र उनकी श्रीमती प्रिया रुञ्चालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। अभिनेता जोनले सामाजिक संजालमार्फत् आफू र आफ्नी श्रीमती प्रियामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

उनले तीन दिनअघि एकजना कोरोना संक्रमित व्यक्तिसँग भेट भएको पछि परीक्षण गराउँदा श्रीमान श्रीमती दुवैजनामा कोरोना पोजेटिभ देखिएको बताएका छन्।

हाल दुवैजना होम क्वारेन्टाइनमा रहेका छन्। उनले आफू कसैको कन्ट्याकट्रेसिङमा नरहेको बताएका छन्। अभिनेता जोनले दुवैजनाले कोरोनाको दुवै मात्रा खोप लगाएको भन्दै अरुलाई पनि स्वास्थ्य रहन र अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। सोमबार मात्रै ३३ हजार बढीमा कोरोना संक्रम्रण देखिएको छ। कोरोनासँगै ओमिक्रोन संक्रमण पनि दिनप्रतिदिन फैलिरहेको छ। यहाँ ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ।

कोरोना र ओमिक्रोन तीव्ररुपमा फैलिएपछि ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.