डेनमार्कले सन् २०३० सम्म आन्तरिक उडानलाई इन्धनमुक्त बनाउने

डेनमार्कले सन् २०३० सम्म आन्तरिक उडानलाई इन्धनमुक्त बनाउने

कोपनहेगन : डेनमार्क सरकारले सन् २०३० सम्म आन्तरिक उडानलाई इनधनमुक्त बनाउने घोषणा गरेको छ। सरकारले आइतबार सन् २०३० सम्ममा आन्तरिक उडानलाई जैविक इनधनमुक्त बनाउने घोषणा गरेको हो। 

डेनमार्ककी प्रधानमन्त्री मेटि फ्रेडरिक्सेनले हरित उडान सेवा सञ्चालन गर्न सरकारले सो लक्ष्य राखेको जानकारी दिएकी छन्। यद्यपि सरकारले जैविक इनधनमुक्त उडानको वैकल्पिक योजना भने हाल सार्वजनिक नगरेको बीबीसीमा समाचार छ। 

डेनमार्कले सन् २०३० सम्ममा ७० प्रतिशत कार्बन उत्सर्जन घटाउने उद्देश्यस्वरुप आन्तरिक उडानलाई जैविक इनधनमुक्त गराउने लक्ष्य राखेको बताइएको छ। कार्बन उत्सर्जन कटौतीमा संसारका अन्य मुलुकले सुस्त चाल चलिरहेकोले कार्बन कटौतीमा डेनमार्कले नेतृत्वदायी भुमिका लिइरहेको प्रधानमन्त्रीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.