भारतका ५ 'बडी विल्डर्स' महिला, जो नायिकाभन्दा कम छैनन्

भारतका ५ 'बडी विल्डर्स' महिला, जो नायिकाभन्दा कम छैनन्

नयाँ दिल्ली : भारतमा लामो समयदेखि कुस्ती खेल खेल्दै आएको छ। गामा पहलवान र दारा सिंहजस्ता धेरै पहलवानहरू (बडी बिल्डर्स) ले  भारतलाई विश्वभर प्रसिद्ध बनाए। बदलिँदो समयसँगै कुस्ती र कुस्तीको रूप पनि परिवर्तन भएको छ । जहाँ मल्ल युद्ध हुन्थ्यो, आज त्यसको ठाउँमा बडी बिल्डिङ आएको छ ।

सुरुमा यो खेल पुरुषले मात्र खुल्थे। तर, हिजोआज महिलाहरु पनि यसतर्फ आकर्षित छन्। भारतमा यस्ता कयौं महिला बडी बिल्डर ( महिला पहलवान) छन् जसले देश विदेशमा आफ्नो नाम चम्काइरहेका छन्। उनीहरु फिट्नेस र सुन्दरताका हिसाबमा कुनै नायिका भन्दा कम छैनन्।

याशमीन चौहन

याखमीन चौहान भारतकी चर्चित बडि बिल्डर हुन् । ४० वर्षीया याशमी गुडगाउँकी भएपनि हाल मुम्बइमा बस्छिन्।

याशमीनले आइएफबीबी प्रो कार्ड जितिसकेकी छिन्। उनले मिस ओलम्पिया २०१८ मा गोल्ड मेडल जित्न सफल भएकी थिइन्। यसका साथै उनले कयौं बडी बिल्डिङ मेडल हात पारेकी छन्। उनले एउटा अन्‍तर्वातामा आफूलाई कतिपय मानिसले पुरुषजस्ती भनेर जिस्काउने गरेको बताएका थिइन्। तर उनी यस्ता कुराको वेवास्ता गर्थिन। उनी काम र करियर र मेहनतमा बढी ध्यान दिन्छिन्। त्यसकार आज याशमीन इन्डियाको फिमेल फिटनेस तथा प्रोफेशनल बडी बिल्डर्समध्ये एक हुन सफल भएकी हुन्। उनी हाई प्रोफाइल ग्राहक र सेलिब्रेटीहरूलाई तालिम दिन्छिन्।

सोनाली स्वामी

भारतकी सोनाली स्वामी एक अन्तर्राष्ट्रिय फिट्नेस खेलाडी हुन्। उनी एक प्रोफेसनल बडी बिल्डर र फिटनेस कोच पनि हुन्। सोनालीलाई डान्स निकै मन पर्छ। उनी प्रोफेसनल डान्सर पनि हुन् ।

सोनाली स्वामी एसियन च्याम्पिएनसीप २०१६, बडी पावर इन्डिया,मसलमेनिया इन्डिया २०१४ धेरै प्रतियोगितामा पदक जितिसकेका छन्। उनी गृहिणी हुन्। करियर र परिवारलाई सन्तुलनमा राखेर उनले यो सफलता हाँसिल गरेकी हुन्।

स्वेता मेहता

स्वेता महेता फिट्नेस तथा भारतकी बडी बिल्डर हुन्। उनले जेरल क्लासिक र वुमन फिट्नेस मोडलजस्ता प्रतियोगिताहरू पनि जितेकी छिन्। श्वेता रोडिज सिजन १५ को विजेता पनि हुन्।

२०१९ मा भएको दुर्घटनामा श्वेताको घाँटीमा ७ वटा ठाउँमा भाँचिएको थियो भने स्पाइनल कर्डको ३ वटा हड्डी पनि भाँचिएको थियो । महिनौं ओछ्यानमा आराम गरेपछि पनि श्वेताले हिम्मत हारिनन्। फेरी पहिलेको जस्तै फिटनेस सुरु गरिन्।

अंकिता सिंह

अंकिता सिंह उत्तरप्रदेशको सानभद्रमा बस्छिन्। उनी सफ्टवेयर इन्जिनियर हुन्। उनी स्कुल पढ्दादेखि नै एरोबिक्स क्लासमा प्रवेश गरेका थिइन्। जसका कारण उनको फिटनेसप्रति झुकाव थियो । जानकारीका अनुसार कलेजका दिनमा हार्ट ब्रेक भएपछि डिप्रेसन हटाउन जिम जान थालेकी थिइन्, त्यसबेलादेखि उनले फिटनेसमा करियर बनाएकी हुन्।

एसियन च्याम्पियनसीप २०१५, मिस इन्डिया २०२१, मिस कर्नाटक २०१८, २०१९,२०२१ जस्ता कयौं बडी बिल्डिङ प्रतियोगतामा जीत हाँसिल पार्न सफल भइन्।

दीपिका चौधरी

दीपिका चौधरी प्रोफेशनल एथलीट,बडी बिल्डर तथा पावर लिफ्ट हुन्। उनले हाल नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (पुणे) मा प्राविधिक अधिकारी हुन्। दीपिका भारतको पहिलो महिला आइएफबीबी प्रतियोगिता विजेता हुन्। उनले कयौं बडी बिल्डिङ प्रतियोगतामा जीत हाँसिल गरेकी छन्। उनलाई शरीरलाई टोन गर्न दुई वर्ष लागेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.