चीनमा चिम्सा आँखालाई किन सुन्दर मानिदैन ?

चीनमा चिम्सा आँखालाई किन सुन्दर मानिदैन ?

बेइजिङ : ‘के म चिम्सा आँखा भएकै कारण चिनियाँ हुन सुहाउँदिन ?’  यो चिनियाँ मोडल साइ नियङनियाङले सामाजिक सञ्जालमा हालै पोस्ट् गरेको लाइन हो । चिम्सा अर्थात् साना आँखा भएकै कारण पछिल्लो समय अनलाइनमार्फत नकारात्मक टिप्पणी एवम् आक्रामक प्रतिक्रिया खेपिरहेकी साइले आफूलाई असह्य भएपछि सो लाइन सामाजिक सञ्जालमा पोस्ट् गरेकी हुन् ।

विभिन्न चिनियाँ उत्पादन एवम् सामग्रीको विज्ञापनमा उनी कैयौं पटक देखा परेकी छन् । अधिकांश चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले साइको सानो आँखा सुन्दर नभएको भन्दै सामाजिक सञ्जालमा एकमुष्ट खनिएका छन् ।

साना आँखालाई लिएर सामाजिक सञ्जालमा गरिएको नकारात्मक टिप्पणी कै कारण कैयौं कम्पनीहरुले चिनियाँ मानिसको मनोभावनामा चोट परेको भन्दै साइ अभिनित विज्ञापनहरुलाई नै हटाइदिए ।

साइ भन्छिन्, ‘सानो आँखा हुनु नै मेरो सबैभन्दा ठूलो अपराध भयो । सोहि कारण साइबर बुलिङको सिकार भएँ ।’ साना आँखा भएकै कारण चिनियाँ समाजमा आफूलाई अपराधिको नजरले हेरिने उनको भनाइ छ ।

‘मेरो रुप मेरा आमाबुवाले दिएका हुन् । जन्मिदा कस्तो रुप लिएर जन्मिने भन्ने कसलाई थाहा हुन्छ । के मैले जन्मेकै दिन आफ्नो रुप निर्धारण नगरिँदा मैले चीनको अपमान गरेको भयो,' २८ वर्षीया मोडल साइले सामाजिक सञ्जाल वेइवोमार्फत लेखेकी छन् ।

गत नोभेम्बरमा चर्चित चिनियाँ फेशन फोटोग्राफरले साना आँखा भएकै कारण साइको फोटोसुट गर्न अस्वीकार गरेका थिए । साइ मात्र नभइ चीनमा पछिल्लो समय चिम्सा आँखा भएका महिलालाई चिनियाँ समाज र सामाजिक सञ्जालमा खिल्ली उडाउने गरेको पाइएको बीबीसीले उल्लेख गरेको छ।

चीनमा बढ्दो पश्चिमा विरोधी भावना र अनलाइनमार्फत हुर्किरहेको चिनियाँ राष्ट्रवादका कारण साना आँखा भएका महिला सुन्दर नमानिएको हुन सक्ने अर्थात् साना आँखा भएका चिनियाँ महिला विवादमा फस्ने गरेको बीबीसीमा उल्लेख छ ।

बीबीसीबाट  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.