एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित गौतमसहित कार्यक्रता कांग्रेसमा प्रवेश
पाणिनी : नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित अन्य कार्यक्रताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाटमा गरेको आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उनी लगायत अन्य कार्यक्रताहरु नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।
प्रवेश गर्नेहरुमा नेकपा एमालका साथै नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
नेपाली कांग्रेस पाणिनीका सभापति तुल्सी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसाल लगायतका नेता तथा कार्यकर्ताहरुकाे सहभागीता रहेको थियो ।
एमालेबाट निर्वाचित गौतम गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत हुन् ।