मोबाइल एपमा मुस्लिम महिलालाई बिक्रीमा राखेपछि…

मोबाइल एपमा मुस्लिम महिलालाई बिक्रीमा राखेपछि…

नयाँ दिल्लीः भारत सरकारले मुस्लिम महिलालाई बिक्रीमा राख्ने भारतीय एप बन्द गराएको छ। मुस्लिम महिलालाई अपमानित गरेको र बिक्रीमा राख्ने गरेको आरोपमा सरकारले ‘बुल्ली बाई’ नामक एप बन्द गराएको हो।

दुईवटा भारतीय राज्यहरुमा करिब १ सयभन्दा बढी मुस्लिम महिलाको तस्बिर सो एपमा अपलोड गरी बिक्रीमा राखिएको भन्दै प्रहरीसामु उजुरी परेको थि । सोही आधारमा अनुसन्धान अघि बढेको थियो। अनुसन्धानको आधारमा केन्द्र सरकारअन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयले सो एप बन्द गराएको बीबीसीमा उल्लेख छ।

बुल्ली बाई एक मोबाइल एप्लिकेसन हो। जुन बुल्ली बाई गिथव एपिआइमार्फत् मुस्लिम महिलाको अपमान र बार्गेनिङ हुने गरेको रिपोर्टमा उल्लेख छ। 

महिलाले नुहाउन नपाउने तालिवानको घोषणा

काबुलः उत्तरी अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानले घोषणा गरेको छ। तालिवानले सोमबार सो घोषणा गरेको हो।

उज्वेकिस्तानसँग नाका जोडिएको बाल्ख प्रान्तका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने घोषणा तालिवानले गरेको खामा प्रेसमा उल्लेख छ। धार्मिक मान्यताअनुसार महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाइने गरी तालिवानले सो घोषणा गरेको बताइएको छ।

खामा प्रेसकाअनुसार राजनीतिक स्कोलरहरु र प्रान्तीय सरकारका अधिकारीहरुले सो निर्णय गरेका हुन्। नयाँ निर्णयअनुसार अफगानिस्तानका महिलाले अब गोप्य स्नानगृह मात्र नुहाउनुपर्ने बताइएको छ। स्नान गर्दा महिलाले हिजाब भने अनिवार्य रुपमा लगाउनुपर्ने बताइएको छ।

पुरुषहरुले भने सार्वजनिक स्नानगृहमा पनि नुहाउन पाउनेछन्। यद्यपि, किशोरहरुले भने सार्वजनिक स्थलमा नुहाउन र मसाज गर्न नपाउने खामा प्रेसमा उल्लेख छ।

शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने दक्षिण कोरियाको वाचा

सिओलः दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने बाचा गरेका छन्। उत्तर कोरियासँग शान्ति स्थापना गर्न र कूटनीतिक सम्बन्ध सुधारका लागि आफूले अन्तिम प्रयास गर्ने वाचा सोमबार राष्ट्रपतिले गरेका हुन्।

राष्ट्रपति मुनले गत महिना सोही सम्बन्धमा उत्तर कोरियासँग छलफल गरेका थिए। सो छलफलपश्चात् पनि उत्तर कोरिया मौन रहेको भन्दै दुई देशबीच शान्ति स्थापना गर्न आफूले अन्तिम प्रयास गर्ने मुनले बताएका हुन्।

‘दुई देशबीच दीगो शान्ति स्थापना गर्न मैले हरसम्भव प्रयास गरिरहने छु। मेरो कार्यकालभित्रै मैले दुई पक्षबीच शान्ति स्थापना गर्ने प्रयास गर्नेछु,’ नयाँ वर्षको अवसरमा अन्तिम सम्बोधन गर्दै मुनले भनेका छन्। मुनको पाँच वर्षीय कार्यकाल आगामी मे महिनामा सकिँदैछ। कोरियाली प्रायद्विपबीच लामो समयदेखि अशान्ति छाइरहेको छ।

सुडान सेनाले पूर्व अर्थमन्त्रीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने

खार्तुमः सुडान सेनाले पूर्व अर्थमन्त्रीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने भएको छ। सेनाले पूर्व अर्थमन्त्री इब्राहिम एल्वाद्वीलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने भएको हो।

सोमबार प्रकाशित कतारी अखबार अल शराकका अनुसार सुडान सेनाले पूर्व अर्थमन्त्री इब्राहिमलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्न लागेको हो। यद्यपि यसबारे आधिकारीक घोषणा भने नभएको बताइएको छ। इब्राहिम एल्वाद्वीले सन् २०१९ सेप्टेम्बरदेखि सन् २०२० जुलाईसम्म सुडानको अर्थमन्त्रीको रुपमा पदभार सम्हालेका थिए।

यसअघि सोमबार बिहान पुनर्बहाली भएको एक सातामै सुडानका प्रधानमन्त्री अब्दल्ला ह्यामडकले राजीनामा दिएका थिए। विवादास्पद् रुपमा सैनिक शासकसँग सम्झौता गरी प्रधानमन्त्रीमा पुनर्बहाली भएका उनले राजीनामा दिएका थिए। ह्यामडक प्रधानमन्त्रीमा पुनर्बहाली भएपछि सेनासँग नाजायज सम्झौता गरेको भन्दै सुडानको राजधानी खार्तुमलगायत विभिन्न स्थानमा विशाल प्रदर्शन भएको थियो।

ताइवानमा ६.२ म्याग्निच्युडको भूकम्प

ताइपेईः पूर्वी ताइवानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। सोमबार साँझ पूर्वी ताइवानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो।

ताइवानको सेन्ट्रल वेदर व्युरोकाअनुसार राजधानी ताइपेईदेखि १२४ किलो मिटर दूरीमा पर्ने दक्षिण-पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको हो। सो भूकम्प राजधानी ताइपेइलगायत वरिपरिका क्षेत्रमा महसुस गरिएको बताइएको छ।

भूकम्पका कारण भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ। यसअघि आइतबार चीनको युनान प्रान्तमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पबाट २२ मानिस घाइते भएका थिए।

ब्राजिलका राष्ट्रपति अकस्मात अस्पताल भर्ना

ब्राजिलियाः ब्राजिलका राष्ट्रपति हेयर बोल्सोनारो अकस्मात अस्पताल भर्ना भएका छन्। राष्ट्रपति बोल्सोनारो स्थानीय समयअनुसार सोमबार बिहानै अकस्मात अस्पताल भर्ना भएका हुन्।

स्थानीय मिडियाकाअनुसार आन्द्राको उपचारको लागि उनी अकस्मात अस्पताल भर्ना भएका हुन्। हालः उनलाई साओ पाउलोस्थित स्टार अस्पतालमा पुर्‍याइएको छ।

६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि सत्तामा छन्। कोभिड-१९ को उपचारमा असफल भएको र सत्ताको दुरुपयोग गरेको भन्दै बोल्सोनारोमाथि पछिल्लो समय विभिन्न मुद्धा लागेका छन्।

मलेसियाका सातवटा राज्यमा बाढी, १ लाख बढी मानिस प्रभावित

कराकः मलेसियाका सातवटा राज्यमा भीषण बाढी आएको छ। आइबार भारी वर्षापछि विभिन्न सातवटा राज्यमा भीषण बाढी आएको हो।

वर्षापछि केलान्टन, तेरेङगानु, पहाङ, जोहोर, मलाक्का, नेजेरी सेम्विलान र सबाह राज्यमा बाढी आएको छ। बाढीपश्चात सो क्षेत्रत्रका करिब ९ हजार मानिसको उद्धार गरिएको अधिकारीहरुले बताएका छन्। 

बाढिपश्चात देशभर करिब १ लाख २५ हजार मानिस विस्थापित भएको राष्ट्रय विपद् व्यवस्थापन विभागले आइतबार जानकारी दिएको छ। विभागकाअनुसार मलेसियाका विभिन्न क्षेत्रमा विगत दुई हप्तादेखिको लगातार वर्षाका कारण बाढि आएको हो।

मलेसियाको पूर्वी कोस्ट क्षेत्रमा बाढी आउनु सामान्य मानिन्छ। यसअघि गएको डिसेम्बर १९ मा आएको बाढिका कारण विभिन्न क्षेत्रमा ५५ मानिसले ज्यान गुमाएका थिए।

पाँच सिरियाली सैनिक मारिए 

दमास्कसः सिरियाली राज्यमा आइतबार भएको आक्रमणमा पाँच सिरियाली सैनिक मारिएका छन्। दइश सैनिकले प्रहार गरेको रकेट बम विस्फोटमा परी पाँच सिरियाली सैनिक मारिएका हुन्।

सिरियाली सरकारद्वारा सञ्चालित मिडियामा सोमबार प्रकाशित समाचारअनुसार दईश सैन्य समुहले आइतबार गरेको रकेट प्रहारमा परि पाँच सिरियाली सेनाको ज्यान गएको छ भने अन्य २० सैनिक घाइते भएका छन्।

दईश उग्र इस्लामिक समूह हो। सो समुहले इराक र सिरियामा सन् २०१४ देखि कब्जा जमाइरहेको छ।

भ्रष्टाचार र यौन अपराधको असर मुस्लिममाथि परेको पाकिस्तानी प्रधानमन्त्रीको भना

इस्लामावादः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मुस्लिमहरुमाथि भ्रष्टाचार र यौन अपराधको ठुलो असर परेको बताएका छन्। सोमबार इस्लामिक समाजको अस्तित्व नामका सम्मेलनलाई सम्बोधन गर्दै खानले सो बताएका हुन्।

साथै खानले मुस्लिम समुदायभित्र यौन अपराध तिब्र रुपमा बढिरहेको बताएका छन्। ‘मुस्लिम समुदायभित्र यौन अपराध नराम्रोसँग बढिरहेको छ। यौन र भ्रष्टाचारको असर हाम्रो समुदायमाथि परिरहेकोले यसविरुद्ध हामी स्वयमले लड्नुपर्छ’ प्रधानमन्त्री खानले भनेका छन्। पछिल्लो समय भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री खानको नाम बारम्बार दोहोरिँदै आएको छ।

अफगान गुप्तचरले खन्याए नहरमा ३ हजार लिटर रक्सी

काबुलः अफगान गुप्तचरको समुहले करिब ३ हजार लिटर रक्सी नहरमा खन्याएका छन्। तालिवान सरकारका अधिकारीले रक्सी बिक्रिमा कडाई गरेपछि गुप्तचरहरुले काबुलको नहरमा सो मात्रामा रक्सी खन्याएका हुन्।

अफगानिस्तानको गुप्तचर महानिर्देशनालयद्धारा ट्विटरमार्फत जारी भिडियो फुटेजमा गुप्तचरहरुले नहरमा रक्सी खन्याइरहेको देखाइएको छ। काबुलमा छापा मारेपछि कब्जामा लिइएको रक्सी नहरमा खन्याइएको महानिर्देशनालयले जानकारी दिएको छ।

‘मुस्लिमहरुले मदिरा उत्पादन र वितरणलाई गम्भीरतापुर्वक लिनुपर्छ । मदिरा मुस्लिम धर्मविपरित भएकोले हामीले मदिरालाई बहिष्कार गर्नुपर्छ’ ट्विटरमार्फत एक धार्मिक स्कोलरले भनेका छन् ।

यद्यपि, अफगान गुप्तचरले छापा मारेको र मदिरा खन्याएको वास्तविक मितिबारे भने स्पष्ट नभएको बताइएको छ। तालिवान शासनअघि पनि अफगानिस्तानमा मदिरा सेवन र विक्रि वितरणमा प्रतिबन्ध लगाइएको थियो। यद्यपि, पछिल्लो समय अफगानिस्तानमा लागुऔषध प्रयोगकर्ताको संख्या भने बढेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.