एअर मरिशश विमानको शौचालयभित्र नवजात शिशु भेटियो

एअर मरिशश विमानको शौचालयभित्र नवजात शिशु भेटियो

रामगुलाम : एअर मरिशशका कर्मचारीले विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको समाचार बीबीसी नेपालीमा छ।

एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।

विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए।खउनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्‍याएका थिए।

उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भयो।

अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ। उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ ।

उनीविरुद्ध नवजात शिशुलाई बेवारिसे अवस्थामा छाडेको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.