शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने दक्षिण कोरियाको बाचा
सिओल : दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने बाचा गरेका छन्। उत्तर कोरियासँग शान्ति स्थापना गर्न र कुटनैतिक सम्बन्ध सुधारका लागि आफूले अन्तिम प्रयास गर्ने बाचा राष्ट्रपतिले गरेका हुन्।
राष्ट्रपति मुनले गत महिना सोहि सम्बन्धमा उत्तर कोरियासँग छलफल गरेका थिए। सो छलफलपश्चात पनि उत्तर कोरिया मौन रहेको भन्दै दुई देशबीच शान्ति स्थापना गर्न आफूले अन्तिम प्रयास गर्ने मुनले बताएका हुन् ।
‘दुई देशबीच दीगो शान्ति स्थापना गर्न मैले हरसम्भव प्रयास गरिरहनेछु। मेरो कार्यकालभित्रै मैले दुईपक्षबीच शान्ति स्थापना गर्ने प्रयास गर्नेछु’नयाँ वर्षको अवसरमा अन्तिम सम्बोधन गर्दै मुनले भनेका छन्। मुनको पाँच वर्षीय कार्यकाल आगामी मे महिनामा सकिदैछ। कोरियाली प्रायद्धिपबीच लामो समयदेखि अशान्ति छाइरहेको छ।