दक्षिण अफ्रिकाको संसद भवनमा पुन: आगलागी

दक्षिण अफ्रिकाको संसद भवनमा पुन: आगलागी

केप टाउन : दक्षिण अफ्रिकाको संसद भवनमा पुन आगलागी भएको छ। आगलागी भएको ३६ घण्टा नबित्दै करिब १३० वर्ष पुरानो सो संसद भवनमा पुन आगलागी भएको हो। 

यसअघि आइतबार सो संसद भवनमा आगलागी भएको थियो। आगलागीबाट सो भवन परिसरभित्र रहेको राष्ट्रिय सभाको भवन पूर्ण रुपमा ध्वस्त बनेको थियो। आगलागीबाट भौतिक रुपमा ठुलो क्षति पुगेको सो भवनमा सोमबार साँझ पुन आगलागी भएको अन्तरराष्ट्रिय मिडियामा खबर छ। आगलागी भने हाल नियन्त्रणमा आइसकेको बताइएको छ। 

करिब १३० वर्षअघि निर्मित सो भवन ऐतिहासिक मानिन्छ। सो भवनमा आगलागीको वास्तविक कारण हालसम्म पत्ता नलागे पनि प्रहरीले सोमबार ४९ वर्षीय संकास्पद पुरुषलाई पक्राउ गरेको थियो। संसद भवनभित्र चोरी गर्न गएका तिनै व्यक्तिले आगो लगाएको हुन सक्ने आशंका गरिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.