पानीकाे मुहान बचाउन रिचार्ज पोखरी निर्माण

पानीकाे मुहान बचाउन रिचार्ज पोखरी निर्माण

सन्धिखर्क : झण्डै ३ वर्षअघि सन्धिखर्क नगरपालिका-९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउँदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयहरु बाध्य भए । 

रोजगारी तथा अध्यनको सिलसिलामा युवायुवतीहरु गाउँमा नबसेपछि घरमा रहेको बृद्धबृद्धाहरुलाई निकै सास्ती भयो । तर गत वर्ष ठूलो खडेरी लाग्दा समेत पानी नसुकेपछि स्थानीयहरु खुशी भएका छन् ।

स्थानीय युवा समाजसेवी तथा व्यवसायी कृष्ण प्रसाद भुसाल र पत्रकार हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि काफलपानी पँधेरो भन्दा माथि नेटाका पोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकको हो । 

पानी पँधेरोमा खडेरीमा पनि नसुकेपछि आफूहरु खुशी भएको स्थानीय जिवबहादर दमाईले बताए । उनले भने “दुई तिन वर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पँधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन ।” 

नेटाकापोखरा मात्र होइन दुई वर्ष अघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा साना ठूला गरी ४० भन्दा बढि पोखरीहरु निर्माण गरेको थियो । 
आफूहरुले खनेका पोखरीहरुका कारण धेरै ठाउँमा हिउँदमा पनि पानी नसुकेको रिचार्ज पोखरी निर्माण अभियानका अभियान्ता कृष्ण प्रसाद भुसालको भनाई छ । उनले “त्यतिबेला विभिन्न व्यक्तिहरुको करीब १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो ।” बढ्दो जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दैँ जान थालेको र त्यहीँ सुक्न थालेको पानीको मुहान संरक्षण गर्न आफूहरुले अभियान सुरु गरेको भुसालले बताए । 

दुई वर्ष अघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिँएका अभियन्ताहरुले गएको तिहारमा लायन्स क्लब अफ अर्घाखाँचीसंग समन्वय गरी देउँसी भैलोबाट उठेको पैसाबाट पनि रिचार्ज पोखरी खनिरहेका छन् । दश घर एक पोखरी अभियानले जिल्लाका विभिन्न स्थानमा पोखरीहरु निर्माण गरिरहेको छ । ५ वटा पोखरी खनिसकेको र अझै ५ वटा पोखरी खन्ने कार्य जारी रहेको अभियान्ता भुसालको भनाई छ । 

विकासको क्रममा बाटो, खेल मैदान अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्ष सहित दशघर एक पोखरी अभियानको सुरुवात भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.