राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचन :  सुदूरपश्चिममा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता

धनगढी : राष्ट्रियसभाका रिक्त तीन सांसदका लागि सत्ता गठबन्धनका तर्फबाट पनि मनोनयन दर्ता गरिएको छ । सत्ता गठबन्धनबाट खुलामा कांग्रेसका नारायण दत्त मीश्र, महिलामा नेकपा एकीकृत समाजवादीकी गरीमा शाह र दलिततर्फ माओवादी केन्द्रका जगतबहादुर पार्कीले मनोनयन दर्ता गराएका हुन्।

संसद सचिवालयबाट सत्ता गठबन्धनका नेता, मन्त्रीहरुले र्‍यालीसहित उम्मेदवारहरुलाई निर्वाचन कार्यालय पुर्‍याएका थिए । अहिलेसम्मको मतभार अनुसार सत्ता गठबन्धनका उम्मेदवारहरु जित्ने सम्भावना छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.