प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता
काठमाडौं: राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट प्रदेश १ मा उम्मेदवारी दर्ता गरिएको छ। सत्ता गठबन्धनबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराई राईले उम्मेदवारी दिएका हुन्।
उनीहरुले विराटनगरस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दिएका थिए। रिक्त रहेका १९ पदका लागि माघ १२ गते राष्ट्रिय सभा चुनाव हुँदैछ।