गण्डकीमा गठबन्धनका उम्मेदवारको मनोनयन

गण्डकीमा गठबन्धनका उम्मेदवारको मनोनयन

पोखरा : राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेससहित सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । कांग्रेसकी नेत्री कमला पन्त, माओवादीका भुवन सुनार र सुरेश आलेमगरले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार अपरान्ह मनोनयन दर्ता गराएका हुन् । महिलामा पन्त, दलितमा सुनार र खुलामा आलेमगरको उम्मेदवारी परेको हो ।

 
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी लगायत दलहरुले गठबन्धन गरेका छन् । एमाले भने एक्लै मैदानमा छ । गण्डकीबाट ३ जना निर्वाचित हुनेमा माओवादीबाट २ र कांग्रेसले १ जनालाई उम्मेदवार बनाउने सहमति सत्ता गठबन्धनबीच भएको हो । भागबन्डामा नेकपा समाजवादीलाई गण्डकीमा उम्मेदवार परेको छैन । राष्ट्रिय सभाको निर्वाचन आउँदो माघ १२ गते हुँदैछ ।

यसअघि गण्डकीबाट निर्वाचित माओवादीका दिननाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एसकी शान्तिकुमारी अधिकारीको राष्ट्रिय सभाको सदस्यको पदावधि सकिँदैछ । उनीहरुसहित १९ जनाको पदावधि सकिँदैछ ।  

मंगलबार नै एमालेका उम्मेदवारहरु पुण्यप्रसाद पौडेल, अर्जुन सुनाम र लीला थनेतले क्रमशः खुला, दलित र महिला क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा चुनावका लागि प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् ।

गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । एमाले २७, कांग्रेस १५, माओवादी १२, जसपा २, जनमोर्चा २ र स्वतन्त्र १ छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.