धरानबाट सिम्रिकले सुरु गर्यो हलेसी र पाथीभारा हेलिकोप्टर सेवा

धरानबाट सिम्रिकले सुरु गर्यो हलेसी र पाथीभारा हेलिकोप्टर सेवा

धरान : सिम्रिक एयरको हेलिकप्टरले धरानबाट प्रदेश १ का प्रमुख धार्मिक स्थलको दर्शन र पर्यटकिय क्षेत्रको अवलोकन गराउन उडान सुरु गरेको छ । धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा धरान होलिडेजको सहकार्यमा सिम्रकले मंगलवारदेखि उडान सुरु गरेको हो । 

सिम्रिकले धरान उपमहानगरपालिकाको स्थापना दिवसलाई प्रर्यटकहरुको सुविधाको लागि हवाई यात्राको सुरुवात गरेको धरान होलिडेज प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले बताए । उनले धरान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खोटाङको हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथिभरा मन्दिरसम्म दर्शनका लागि हेलिकोप्टरको व्यवस्था गरिएको बताए । 

धरान उत्सवको अबसरमा प्रतिव्यक्ति ३२ हजारमा पाथिभरा र हलेसि उडान भर्दै आएको सिम्रिक हेलिकोप्टरले यात्रुहरुलाई विशेष छुट गरि २८ हजार रेट निर्धारण गरिएको बताए । त्यस्तै पाँच मिनेटको धरान बजार परिक्रमा गराईए बापत ३ हजार ५ सय रुपैयाँ हवाइ भाडा निर्धारण गरिएको श्रेष्ठले बताए । 

धरानका मेयर तिलक राईले धरान उत्सवको अवसरमा धरान आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधाका लागि उपमहानगरपालिकाको अनुरोधमा सिम्रिक र धरान होलिडेज प्रालिलाई विशेष छुटका साथ पर्यटकहरुलाई हवाई यात्रा गराउने व्यबस्था गरिएको बताए । विशेष छुटमा सिम्रिकले हवाई यात्रा गराउन थालेपछि हेलिकोप्टर चड्ने पर्यटकहरुको भिड लागेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.