बर्दियामा वयस्क हात्ती मृत फेला

बर्दियामा वयस्क हात्ती मृत फेला

गुलरिया : बर्दियाको राजापुर नगरपालिका-१० ढुण्डीपुरमा वयस्क भाले हात्ती मृत फेला परेको छ । नेपाल भारत सीमा नजिकै नेपाल तर्फको तोरी बारीमा मृत हात्ती फेला परेको हो ।

बनक्षेत्र अन्र्तगत पर्ने सो स्थानमा करिव ३०–३५ वर्षको वयस्क भाले हात्ती मृत भेटिएको डिभिजनल बन कार्यालय बर्दियाका बन अधिकृत प्रविन विडारीले बताए ।

विहान ११ बजे तोरी बारीमा मृत हात्ती भेटिएको खबर पाउना साथ तत्काल घटना स्थल पुगी बर्दिया राष्ट्रिय निकुञ्जसँग प्राविधिक टीम सहयोग मागेका हौं । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम मार्फत पशु चिकित्सकसहितको प्राविधिक टोलीले मृत हात्तीको पोष्टमार्टमको तयारी गरेको उनले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बयस्क भाले हात्तीको स्वभाविक मृत्यु नभएको प्रारम्भिक अनुमान हाम्रो छ । घटनाको बारेमा सुस्म अनुसन्धान गर्दैछौ । रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धान लगायत पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको भनाई छ । 

दुई दिन अघि राजापुर नगरपालिका-९ की ५४ वर्षीया भुसिया थारुको बाख्रा चराउन गएका बेला सोही क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

नेपाल भारत सीमा स्थित दशगजा क्षेत्रमा गोठाला गएको बेला महिलाको हात्ती आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । राजापुर क्षेत्रमा जंगली हात्ती आक्रमणको त्रास यथावत छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.