रुपन्देहीमा मतदाता नामावली दर्ता गराउनेको घुँइचो (फोटो फिचर)

रुपन्देहीमा मतदाता नामावली दर्ता गराउनेको घुँइचो (फोटो फिचर)

भैरहवा : रुपन्देही जिल्लामा फोटोसहितको मतदाता नामवालीमा नाम दर्ता गराउनका लागि सर्वसाधारणको घुँइचो लागेको छ । एकाबिहानै देखि साँझ अबेरसम्म सर्वसाधरणहरु लामबद्ध भएर फोटोसहितको मतदाता नामावली दर्ता गराउनका लागि संकलन केन्द्रमा पुग्ने गरेका छन् । 

रुपन्देही जिल्लाको चार स्थान(जिल्ला निर्वाचन कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगावा)बाट दैनिक फोटोसहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा दैनिक औसत एक हजार तीन सय सर्वसाधरणहरुको मतदाता नामावलीमा नयाँ नाम दर्ता भइरहेको छ । सबैभन्दा बढि जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउनका लागि सर्वसाधारणहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणहरु यहाँ पुग्ने गरेका छन् । कर्मचारीहरुलाई पनि बिहानै देखि साँझसम्म भ्याइनभ्याई छ । सर्वसाधारणको चाप बढ्दै गएपछि सुरक्षाका लागि सुरक्षाकर्मी पनि खटाउनु परेको छ ।

२०७८ साउन देखि पुष १९ गतेसम्म ६१ हजार ५ सय १९ जना सर्वसाधरणहरुले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको प्रमुख भण्डारीले बताए । यो नयाँ दर्ताको संख्या हो । नामावली दर्ता गराउनका लागि सर्वसाधारणको चाप बढेपछि साविकको भन्दा चार जना दर्ता कर्मचारी थप गरेर काम भइरहेको उनले बताए ।

चार जना कर्मचारी थप भएतापनि सर्वसाधरणको चाप बढ्दै जाँदा थप कर्मचारी आवश्यक देखिएको उनको भनाई छ । साथै स्थानीय तहहरुले मृत्यु भइसकेका र बसाईसराई भएको व्यक्तिहरुको नामावली कार्यालयलाई उपलब्ध नगराउदाँ उनीहरुको नाम मतदाता नामवालीमा यथावत रहेको भण्डारीले बताए ।

जिल्ला निर्वाचन कार्यालय मंसिर १७ गते देखि पुष १८ गतेसम्म जिल्लाका १४ वटा स्थानिय तहमा मतदाता नामावली संकलन विशेष कार्यालय संचालन गरेका थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.