मजदुर आन्दोलित

मजदुर आन्दोलित

विराटनगर : विगतमा पाइरहेको सेवा सुविधा कटौती गरेको भन्दै जिफोरएस सेक्युरिटीमा कार्यरत मजदुरहरूले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । कटौती गरेको सेवासुविधा लगायतका अघि सारेको माग पूरा गराउन उनीहरुले धर्ना दिने, रिले अनसन गर्नुको साथै जिफोरएसका शाखाहरुमा तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।  

श्रम ऐन २०४८देखि नियमअनुसार पाइरहेको सेवा सुविधा नयाँ श्रम ऐन २०७४लागु भएपछि कटौती गरिएको भन्दै उनीहरू यसअघि देखि नै चरणबद्धरुपमा आन्दोलन गर्दै आइरहेकाका छन्  । 
 

विराटनगरमा पत्रकार सम्मेलन गर्दै मजदुरहरुले जिफोरएसले नेपाल सरकारबाट तोकिएको सेवासुविधाबाट बञ्चित गरेर मजदुरको श्रमशोषण गर्न लागेको आरोप लगाएका छन्  ।  

कोरोना बिमाबापतको रकमसमेत अहिलेसम्म उपलब्ध नगराएको अखिल नेपाल सेक्युरिटी मजदुर संघका मोरङ जिल्ला अध्यक्ष श्यामकुमार गौतमले बताए । ८ घण्टा काम गर्नुपर्ने ठाउँमा १२ घण्टासम्म काम लगाउने गरेको कम्पनीले श्रावणबाट वार्षिक ग्रेडसमेत कटौती गरेको उनले बताए । कम्पनीको प्रदेश १ मा झण्डै एक सय सेक्युरिटी मजदुर कार्यरत रहेको बताइएको छ ।  

सुविधा कटौती भएपछि कम्पनीलाई बारम्बार जानकारी गराउँदासमेत कुनै सुनुवाई नभएको अखिल नेपाल सेक्युरिटी मजदुर संघका जिफोरएस मुल कमिटी प्रदेश १ अध्यक्ष धनश्याम सिग्देलले बताए । गत मंसिर २२ देखि २४ गतेसम्म पटक-पटकको वार्ता गर्दासमेत कम्पनीले समस्या हल गर्नुको साटो बेवास्ता गर्ने गरेको उनको भनाईरहेको छ ।  

आन्दोलनका कार्यक्रमअनुसार पुष ५ गते जिफोरएस केन्द्रीय कार्यालय लगायत सबै शाखा कार्यालयमा कोण सभासहित कालो ब्यानर र झण्डा राख्ने काम भएको उनले बताए । 

यस्तै ७ गते श्रम कार्यालय, श्रम विभाग र सामाजिक सुरक्षा कोषलाई कम्पनीले इजाजत नलिई गैरकानूनीरूपमा सरसफाई कार्यमा श्रमिक आपूर्ति गरी श्रमिकको भविष्य जोखिममा राखेको, नियमित सामाजिक सुरक्षा कोषमा पैसा जम्मा नगरेको, सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुभन्दा अगाडिको उपदान र सञ्चय कोषको रकम फिर्ता नगरेको साथै व्यवस्थापन पक्षले आर्थिक हिनामिना गरेको विषयमा ध्यानाकर्षण गराइसकेको उनले बताए ।

यस्तै १० गते जिफोरएस व्यवस्थापनले गरेको मजदुरकार्यहरूको पत्रमार्फत भण्डाफोर गरेको थप आन्दोलनका कार्यक्रमअनुसार अगामी ३० गतेदेखि कम्पनीको विभिन्न माध्यमबाट अन्तराष्ट्रियकरण गरेर नयाँ कम्पनीलाई ध्यानाकर्षण गराउने सिग्देलले बताए ।

यस्तै थप आन्दोलनका कार्यक्रम अन्तर्गत माघ ५ गतेदेखि कम्पनीको मुख्य कार्यालयसहित सम्पूर्ण शाखाहरूमा एक घण्टा नारा जुलुससहित कोणसभा गर्ने, १५ गतेदेखि मुख्य कार्यालयमा रिले अनसन बस्ने, २५ गतेबाटमुख्य कार्यालयदेखि सम्पूर्ण शाखाहरूमा कम्पनीको व्यवस्थापन पक्षलाई कार्यालयमा प्रवेश रोक गर्ने र माग पूरा नभए फागुन ५ गतेदेखि मुख्य कार्यालय र सम्पूर्ण शाखाहरूमा तालाबन्दी गर्ने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.