भारतमा एकैदिन ५८ हजार बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ५८ हजार बढीमा कोरोना संक्रमण

नयाँ दिल्ली : भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दिनप्रतिदिन बढ्ने क्रममा छ। बुधबार मात्रै ५८ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबारको तुलनामा संक्रमण दर ५५.४ प्रतिशत बढी हो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ५३४ जनाले ज्यान गुमाएका छन्।

बुधबार १५ हजार ३८९ जना डिस्चार्ज भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ४ पुगेको छ। देशमा संक्रमणदर ४.१८ प्रतिशत छ। यस्तै, भारतमा कोरोनासँगै ओमिक्रोन भेरियन्ट संक्रमण तीव्ररुपमा फैलिरहेको छ। हालसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २ हजार १३५ पुगेको छ। जसमध्ये ८२८ जना डिस्चार्ज भएका छन्।

ओमिक्रोनको संक्रमण सबैभन्दा बढी महाराष्ट्र र दिल्लीमा देखिएको छ। महाराष्ट्रमा ६५३ जना र दिल्लीमा ४६४ जना ओमिक्रोन संक्रमित भेटिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.