शीतलहरले पश्चिम तराईको जनजीवन कष्टकर

शीतलहरले पश्चिम तराईको जनजीवन कष्टकर

गुलरिया : दुईदिनदेखि परेको शीतलहरका कारण अत्यधिक चिसो बढ्दा बर्दिया लगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ। पश्चिमका पहाडी जिल्लामा हिमपात भएको कारण चिसो एक्कासी बढेको हो। चिसोका कारण वृद्ध, बालबालिका, पशुचौपाया प्रभावित बनेका छन्।

बर्दियामा दुईदिनदेखि घाम लागेको छैन। चिसो हावा चलिरहेको छ। कामका लागि घरबाहिर निस्किने लगायत अतिविपन्न परिवारहरु चिसोको जोखिममा छन्। चिसोले काम थाती राखेर सडक किनारमा आगो तापिरहेको गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी बृजमोहन लोधले भने। 

एक्कासी जाडो बढेसँगै सार्वजनिक स्थानमा दाउरा खसाल्ने तयारी गुलरिया नगरपालिकाको छ। 'हामीले दाउरा वितरण गर्दैछौं तर चारैतिर कालोपत्रे सडक छ। सडकमा आगो बाल्दा सडक बिग्रने डर छ। सडक जोगाएर खाली ठाउँमा आगो ताप्ने गरी दाउरा वितरण गर्छौं', गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले भने, 'चिसो बढेकाले नगरपालिकाको बैठक मार्फत निर्णय गरी विद्यालयमा जाडो बिदा दिने तयारीमा छौ। अब स्कूलहरु बन्द हुन्छ। नगरका करिव २ सय विपन्न परिवारलाई कम्बल वितरण गर्ने सोंचमा छौं।'  

अत्यधिक चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने अभिभावकले माग गरेका छन्। दाताहरुको सहयोगमा निर्मित टिनका छाना भएका विद्यालयहरुको अवस्थ झन् दयनीय छ। टिनभित्र तपतप पानी चुहिन्छ। त्यस्ता अधिकांश विद्यालयका बालबालिकाहरु जाडोका कारण समस्यामा छन्। मधुवन नगरपालिका निवासी रामज्ञानु एफएमका स्टेशन मेनेजर शीतल थापाले ५ दिनलाई भए पनि सबै पालिकाले जाडोमा विद्यालय बन्द गर्नुपर्ने बताउँदै यस्तै भैरहे बालवालिका बिरामी पर्न सक्नेतर्फ सुझाए।  

शीतलहरीका कारण आलु, तोरी, टमाटर लगायतका कृषिजन्य उत्पादन समेत प्रभावित भएको छ। बालीनालीका बोटहरु मर्न थालेका छन्। चिसोका कारण बिरामीको संख्या पनि बढ्न थालेको छ। चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउनुपर्ने बर्दिया अस्पताल गुलरियाका प्रमुख डाक्टर शुभाष पाण्डेयले सुझाए। जाडोबाट जोगिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु नै उत्तम हुने उनले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.