इन्धन मुल्यवृद्विको विरोधपछि काजकिस्तान सरकारद्वारा राजीनामा

इन्धन मुल्यवृद्विको विरोधपछि काजकिस्तान सरकारद्वारा राजीनामा

नुर सुल्तान : इनधनको मुल्यविरुद्ध जारी चर्को विरोध भड्किएपछि काजकिस्तान सरकारले राजीनामा दिएको छ। सो विरोध भड्किएर हिंसामा परिणत भएपछि बुधबार सरकारले राजीनामा दिएको हो। 

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायभले सरकारको राजीनामा बुधबार स्वीकार गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

तेलको धनी मानिने मध्यएसियाली मुलुक काजकिस्तानमा पछिल्लो समय लगातार इनधनको मुल्य बढ्दै गएपछि त्यहाँका मानिसहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका थिए। सयौं प्रर्दशनकारी र प्रहरीबीच मंगलबार हिंसा भड्किएको थियो। हिंसा भड्किएपछि त्यहाँको मुख्य शहरमा आपतकाल घोषणा गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.