पूर्व उपप्रधानमन्त्रीलाई पाँच करोड अमेरिकी डलर हिनामिना गरेको आरोप
त्रिपोली: लिवियाको पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ। लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लागाइएको हो। उनीहरुले आर्थिक अनियमितता गरेकाले अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका करिमले आफू पदमा रहँदा न्युन गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्नेगरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ। उनले कानुनको उलंघन र गलत प्रयोग गरेकाले उनीमामाथि अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्तको कार्यालयले माग गरेको छ। उनले राज्यलाई पाँच करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायधिवक्ताको कार्यालयले दाबी गरेको छ।