मिसाइल प्रहारले उत्तर कोरिया र जापानबीच द्वन्द्व, संसारकै चर्चित कार्निभल परेड रद्द

मिसाइल प्रहारले उत्तर कोरिया र जापानबीच द्वन्द्व, संसारकै चर्चित कार्निभल परेड रद्द

रियो दि जेनेरियोः संसारभर चर्चित ब्राजिलको कार्निभल पर्व यो वर्षपनि रद्द भएको छ। ब्राजिलमा कोरोना संक्रमण तीव्ररुपले बढेपछि ब्राजिलका विभिन्न प्रान्तमा मनाइने कार्निभल स्ट्रिट परेड यो वर्ष पनि रद्द भएको हो।

स्वास्थ्य अधिकारीहरुसँगको बैठकपछि रियो का मेयर एदुआर्डो पेइसले यस वर्ष पनि स्ट्रिट परेड रद्द गर्ने निर्णय गरेका हुन्। यसअघि गतवर्ष पनि कोभिड-१९ को त्रासका कारण सो कार्निभल १०८ वर्षको इतिहासमा पहिलो पटक रद्द गरिएको थियो। ब्राजिलका विभिन्न मुख्य सहरहरुमा कार्निभल मनाउने गरिन्छ। नेपालको गाइजात्रा पर्वजस्तै कार्निभल परेड संसारभरि चर्चित छ।

उत्तर कोरियाद्वारा शंकास्पद ब्यालिस्टिक मिसाइल प्रहार, जापानको आपत्ति

सिओलः जापान र दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले शंकास्पद ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका छन्। दुई देशका अधिकारीहरुले उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी कोस्ट क्षेत्रमा शंकास्पद ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका हुन्।

जापान र दक्षिण कोरियाली अधिकारीहरुको भनाइ सत्य भएमा उत्तर कोरियाले यस वर्ष प्रहार गरेको पहिलो ब्यालिस्टिक मिसाइल हुने छ। जापानी रक्षामन्त्री नोवोउ किशिका अनुसार उत्तर कोरियाले प्रहार गरेको शंकास्पद ब्यालिस्टिक मिसाइल ५ सय किलोमिटरसम्म उडेको थियो भने जापान नजिकैको क्षेत्रमा खसेको थियो।

दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफका अनुसार सो मिसाइल बुधबार बिहान सवा ८ बजेतिर पूर्वतर्फ प्रक्षेपण गरिएको थियो। उत्तर कोरियाले गरेको ब्यालिस्टिक मिसाइल प्रक्षपणबारे विस्तृत विवरण नदिइकनै जापानको तटरक्षकले पहिलो रिपोर्ट गरेको थियो। ‘गत वर्षदेखि उत्तर कोरियाले पटक-पटक मिसाइलहरु प्रक्षेपण गर्दै आएको छ। जुन निकै खेदजनक छ,’ जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रिपोटरहरुसँग भनेका छन्।

उत्तर कोरियाले हालै प्रक्षेपण गरेको शंकास्पद ब्यालिस्टिक मिसाइलबारे जापान र दक्षिण कोरियाका गुप्तचरहरुले अनुसन्धान अघि बढाउने बताइएको छ। नयाँ वर्षको सुरुवातमा उत्तर कोरियाली नेता किम जोङ उनले यस वर्ष आफू देशको आर्थिक र खाद्य संकट सुधारमा लाग्ने बताएका थिए।

ट्रम्पद्वारा निर्धारित पत्रकार सम्मेलन रद्द

फ्लोरिडाः अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारित पत्रकार सम्मेलन रद्द गरेका छन्। ट्रम्पले जनवरी ६ अर्थात् भोलिका लागि तय गरिएको पत्रकार सम्मेलन रद्द गरेका हुन्।

ट्रम्प स्वयंले जनवरी ६ मा भएको आक्रमणको वार्षीकोत्सवको अवसरमा फ्लोरिडास्थित आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम रद्द गरेका हुन्। स्थानीय समयअनुसार मंगलबार विज्ञप्ति जारी गर्दै ट्रम्पले सो कार्यक्रम रद्द गर्ने र यही महिनाको अन्त्यमा सो कार्यक्रम परिजोनामा बोलाउने भन्दै रद्द गरेको बताएका छन्।

गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरुले वासिङ्टन डीसीसिस्थित क्यापिटलमा आक्रमण गरेका थिए। सो आक्रमण हिंसामा परिणत भएको थियो। सो सम्बन्धमा अनुसन्धान जारी राखिएको थियो। पत्रकार सम्मेलनमा ट्रम्पले सत्यतथ्य बोल्ने अपेक्षा गरिएको थियो।

उइघुरद्वारा चिनियाँ अधिकारीविरुद्ध अपाराधिक मुद्दा दायर

इस्तानबुलः चीनको जातीय समूह उइघुर मुस्लिमले चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गरेका छन्। सो समूहका १९ सदस्यले टर्कीका अधिवक्तासमक्ष चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गराएका हुन्।

सो समूहले टर्कीको इस्तानबुल चिफ प्रोजिक्युटर्स कार्यालयसमक्ष सो मुद्दा दायर गरेका हुन्। चिनियाँ अधिकारीहरुले आफूहरुमाथि यातना दिएको, बलत्कार गरेको र मानवियताविरुद्ध अपराध गरेको उइघुर समूहको आरोप छ।

उइघुरहरुले आफ्नो हकका लागि लड्न जरुरी रहेको अधिवक्ता गुल्डेन सोन्मेजले बताएका छन्। उनले भनेका छन्, ‘उइघुरहरुले यो कदम चाल्नैपर्ने थियो। किनकि अन्तर्राष्ट्रिय निकायहरुले चिनियाँ अधिकारीहरुले उइघुरविरुद्ध गरेको गतिविधिविरुद्ध अहिलेसम्म कुनै चाल चलेका छैनन्।’

करिब ५० उइघुरहरुले टर्कीका मुस्लिमहरुसँग धार्मीक, जातीय र भाषा साट्दै आएका छन्। चीन सरकारले लामोसमयदेखि चीनका उइघुरविरुद्ध ज्यादति गर्दै आएको बताइन्छ।

अष्ट्रेलिया र जापानले सुरक्षा सहकार्य सन्धिमा हस्ताक्षर गर्दै

मेलबर्नः अष्ट्रेलिया र जापानले रक्षा र सुरक्षा सहकार्य सन्धिमा हस्ताक्षर गर्ने भएका छन्। दुवै मुलुकले रक्षा र सुरक्षा सहकार्य बलियो पार्न बिहीबार भर्चुअल समिटमार्फत् सो सन्धिमा हस्ताक्षर गर्ने भएका हुन्।

कोभिड-१९ लाई मध्यनजर गर्दै जापानी प्रधानमन्त्री फुमिओ किशिदाले अष्ट्रेलिया र अमेरिकाको भ्रमण रद्द गर्ने निर्णयपछि भर्चुअल समिटबाटै भए पनि दुई मुलुकले सो सन्धिमा हस्ताक्षर गर्न लागेका हुन्।

दुई देशका शीर्ष नेताले रिसिप्रोकल एक्सेस एग्रिमेन्ट नामक सो सन्धिमा पहिलो पटक हस्ताक्षर गर्न लागेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्। सो हस्ताक्षरपछि जापान र अष्ट्रेलियाको रक्षा बलको नयाँ कार्यदिशा हुने मोरिसनले बताएका छन्।

कर्मचारी अभावले बेलायतका अधिकांश हेरचाह केन्द्र बन्द हुदै

लण्डनः कर्मचारी अभावका कारण बेलायतका अधिकांश केयर सेन्टर (हेरचाह केन्द्र) बन्द हुने भएका छन्। ओमिक्रोनका कारण कर्मचारी अभाव भएपछि त्यहाँका ९० भन्दा बढी केयर सेन्टर बन्द हुन लागेका हुन्।

त्यहाँको स्वास्थ्य विभागको पछिल्लो तथ्यांकअनुसार कोभिड-१९ का कारण बेलायतमा करिब ११ हजारभन्दा बढी होम वर्कर (घरायसी कामदार)हरु छुट्टीमा छन्। सोही अभावमा कामदारहरुको अभाव भइरहेको बताइएको छ। सोही कारण बेलायतभरिका ९० भन्दा बढी केयर होस सेन्टरहरु रातो सूचीमा परेका छन् भने ती सेन्टरहरुले बन्द गर्ने घोषणा गरेको गार्जियनमा समाचार छ।

बेलायतको सबैभन्दा ठूलो निजी अपरेटर बार्चेस्टरलेमात्र २५० केयर होममध्ये १०५ बन्द गरिसकेको बताएको छ।

ओमिक्रोन बढे पनि विदेशीका लागि इजरायल पुन खुल्ने

जेरुसेलमः इजरायल सरकारले विदेशीका लागि सीमा नाका पुनः सञ्चालन गर्ने भएको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिए पनि सरकारले विदेशीका लागि आगामी हप्तादेखि सीमा नाका पुनः सञ्चालन गर्ने भएको हो।

इजरायलका प्रधानमन्त्री नफ्तली बेनेटको सरकारले देशको पर्यटन व्यवसाय र देशको अर्थतन्त्र खस्केको भन्दै ओमिक्रोन संक्रमण फैलिएपनि विदेशीलाई प्रवेश अनुमति दिने निर्णय गरेको हो। सरकारको सो निर्णयसँगै ओमिक्रोनको मध्यमखाले जोखिम भएका मुलुकहरुले इजरायल प्रवेश गर्न पाउने अरब न्युजमा समाचार छ।

ओमिक्रोन तीव्ररुपमा फैलिएको भन्दै इजरायल सरकारले नोभेम्बर अन्तिममा सबैखाले विदेशी नागरिकहरुका लागि इजरायल प्रवेशमा रोक लगाएको थियो।

इन्धनको मूल्यविरुद्ध चर्को विरोधपछि काजकिस्तान सरकारद्वारा राजीनामा

नुर सुल्तानः इनधनको मूल्यविरुद्ध जारी विरोध भड्किएपछि काजकिस्तान सरकारले राजीनामा दिएको छ। सो विरोध भड्किएर हिंसामा परिणत भएपछि बुधबार सरकारले राजीनामा दिएको हो।

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायभले सरकारको राजीनामा बुधबार स्वीकार गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

तेलको धनी मानिने मध्ये एसियाली मुलुक काजकिस्तानमा पछिल्लो समय लगातार इनधनको मूल्य बढ्दै गएपछि त्यहाँका मानिसहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका थिए। सयौं प्रर्दशनकारी र त्यहाँको प्रहरीबीच मंगलबार हिंसा भड्किएको थियो। हिंसा भड्किएपछि त्यहाँको मुख्य सहरमा आपतकालीन घोषणासमेत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.