हङकङमा कोरोनाको ‘पाँचौँ लहर’ !

हङकङमा कोरोनाको ‘पाँचौँ लहर’ !

हङकङ : हङकङमा कोरोना भाइरस संक्रमणको पाँचौं लहर सुरु भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै सरकारले सामाजिक दूरीको नियमलाई कडाइ गरेको छ। हङकङ कार्यकारी प्रमुख क्यारी लामले बुधबार पत्रकार सम्मेलन गरी जनवरी ७ देखि बार र मनोरञ्जन स्थलहरू दुई साताका लागि बन्द गर्ने बताइन्।

‘हामीले समुदायमा फैलन लागेको प्रकोप रोक्न कडा नियमलाई निरन्तरता दिएका हौं’, लामले भनिन्, ‘यो ओमिक्रोन विरुद्धको दौड हो। डाइनिङ रेस्टुराँहरूले बेलुकी ६ बजेदेखि आफ्नो सेवा बन्द गर्नुपर्नेछ।’ 

उनका अनुसार रेस्टुराँहरूलाई सेवासुविधाका आधारमा वर्गीकरण गरिएको छ। टाइप बीको प्रत्येक टेबलमा २ र टाइप सी र डीमा क्रमशः ४ र ६ जना मात्र बस्न पाउनेछन्। 

सबै सार्वजनिक कार्यक्रम, क्रुज यात्रा, साइक्लोथन, सांस्कृतिक सेवा विभागसमेत तत्कालका लागि रद्द गरिएका छन्। प्रतिबन्धित समयमा सकेसम्म लामो यात्रामा नजान लामले आग्रह गरिन्। अस्टे«लिया, क्यानाडा, फ्रान्स, पाकिस्तान, यूके, फिलिपिन्स, अमेरिका र भारत गरी ८ देशलाई जनवरी ८ को मध्यरातदेखि १४ दिन सम्पूर्ण हवाई उडान प्रतिबन्ध गरिएको उनले सुनाइन्। प्रतिबन्धित ८ देशहरूबाट ट्रान्जिट हुँदै हङकङ प्रवेश गर्ने तयारी गरिरहेकाहरूलाई रोक लगाइएको छ। 

उनका अनुसार निजामती कर्मचारीलाई घरबाट काम गर्ने छुट दिइने छैन। तर, निजी कम्पनीका कर्मचारीलाई सकेसम्म घरबाट अनलाइन काम गर्न उनले सुझाइन्। 

योसँगै शुक्रबारदेखि बार पव, मनोरञ्जन खेल केन्द्र, वाथहाउस, जिमखाना, सार्वजनिक स्थलहरू, पार्टी कोठा, क्लब हाउस, नाइट क्लब, काराओके, ब्युटिपार्लर, मसाज केन्द्रलगायत दुई साताका लागि पूर्णरूपमा बन्द रहनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.