भारतमा एकैदिन थप ९० हजार बढीमा कोरोना संक्रमण, ३२५ को मृत्यु

भारतमा एकैदिन थप ९० हजार बढीमा कोरोना संक्रमण,  ३२५ को मृत्यु

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। यो संक्रमण दर बुधबारको तुलनामा ५६.५ प्रतिशत बढी हो।कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी २५८ जना केरलाका हुन्। ९० हजार ९२८ नयाँ संक्रमित थपिदा १९ हजार २०७ जना डिस्चार्ज भएका छन्।

कोरोना संक्रमण सबैभन्दा बढी पाँच राज्यमा देखिएको छ। महाराष्ट्रमा २६ हजार ५३८, पश्चिम बंगालमा १४ हजार २२, दिल्लीमा १० हाजर ६६५,तमिल नाडुमा ४ हजार ८६२ र केरलामा ४ हजार ८०१ नयाँ संक्रमित देखिएका छन्। नयाँ ९० हजार ९२८ केसमध्ये ६६.९७ प्रतिशत यी पाँच राज्यमा देखिएको हो। जसमा २९.१९ प्रतिशत महाराष्ट्रमा संक्रमण देखिएको हो।

यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या २६ सय नाघेको छ। बिहीबारसम्म भारतमा २६ सय ३० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

महाराष्ट्र र दिल्लीमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। हालसम्म महाराष्ट्रमा ७९८ र दिल्लीमा ४६५ जना संक्रमित भेटिएका छन्। २६ सय ३० संक्रमितमध्ये ९९५ जना डिस्चार्ज भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.