सुरक्षा त्रुटिका कारण भारतीय प्रधानमन्त्री १५ मिनेट बाटोमै रोकिए

सुरक्षा त्रुटिका कारण भारतीय प्रधानमन्त्री १५ मिनेट बाटोमै रोकिए

दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुरक्षा व्यवस्थामा त्रुटि भएको कारण पञ्जाबको फ्लाईओभरमा १५ मिनेट रोकिनु परेको छ। उत्तरी राज्यको एउटा स्मारकमा जाँदै गरेको समयमा किसानले गरेका प्रदर्शनका कारण बीच बाटोमै रोकिनुपरेको बीबीसी नेपालीमा समाचार छ।

किसानहरूको मृत्युमा एकजना मन्त्रीका छोरा आरोपित भएपछि ती मन्त्रीको राजीनामा माग गर्दै किसानहरूले प्रदर्शन गरिरहेका थिए। प्रधानमन्त्रीको सुरक्षामा गम्भी त्रुटि भएको भारतको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मोदीले राज्य विधानसभाको चुनावी सभालाई फिरोजपुरमा सम्बोधन गर्ने कार्यक्रम थियो। सुरक्षा कमजोरीका कारण प्रधानमन्त्री मोदी बीच बाटोबाटै विमानस्थल फर्किएको गृह मन्त्रालयले जनाएको छ।

 
प्रधानमन्त्री मोदी बुधवार बिहान बठिँडा विमानस्थलमा पुगेका थिए। चुनावी सभामा हेलिकप्टरमार्फत् जाने भनिएको थियो तर मौसमका कारण उडान हुन नसकेपछि उनी सडक मार्ग हुँदै अघि बढेका थिए। स्मारक भन्दा ३० किलोमिटर वरै प्रदर्शनका कारण रोकिनुपरेको थियो।

गृह मन्त्रालयले गम्भीर सुरक्षा त्रुटिबारे पञ्जाब सरकारसँग विस्तृत विवरणहरू माग गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.