ट्रम्पद्धारा निर्धारित पत्रकार सम्मेलन रद्ध

ट्रम्पद्धारा निर्धारित पत्रकार सम्मेलन रद्ध

फ्लोरिडा : अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारित पत्रकार सम्मेलन रद्ध गरेका छन्। ट्रम्पले जनवरी ६ अर्थात् भोलीका लागि तय गरिएको पत्रकार सम्मेलन रद्ध गरेका हुन्। 

ट्रम्प स्वयमले जनवरी ६ मा भएको आक्रमणको वार्षिकोत्सवको अवसरमा फ्लोरिडास्थित आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम रद्ध गरेका हुन्। स्थानीय समयअनुसार मंगलबार विज्ञप्ति जारी गर्दै ट्रम्पले सो कार्यक्रम रद्ध गर्ने र यहि महिनाको अन्त्यमा सो कार्यक्रम एरिजोनामा बोलाउने भन्दै रद्ध गरेको बताएका छन्। 

गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरुले वासिङटन डिसिस्थित क्यापिटोल आक्रमण गरेका थिए। सो आक्रमण हिंसामा परिणत भएको थियो। सो सम्बन्धमा अनुसन्धान जारी रहेको छ। आक्रमणबारे भोली अर्थात् जनवरी ६ मा तय गरिएको पत्रकार सम्मेलनमा ट्रम्पले सत्यतथ्य बोल्ने अपेक्षा गरिएको थियो। तर सोहि कार्यक्रम ट्रम्पले अन्तिम समयमा आएर रद्ध गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.