मुस्लिम महिलालाई निशाना बनाइ बिक्रीमा राख्ने एपका निर्माता पक्राउ
नयाँ दिल्ली : मुस्लिम महिलालाई निशाना बनाएर अनलाई बिक्रीमा राख्ने एपका निर्माता पक्राउ परेका छन्। भारतीय मुस्लिम महिलाको गलत प्रोफाइल बनाइ अनलाइन एप बुल्ली बाइमार्फत बिक्रीमा राख्ने एपका निर्माता पक्राउ परेका हुन्।
दिल्ली प्रहरीले बुल्ली बाइ एप निर्माण गर्ने २१ वर्षीय नीरज बिश्नोईलाई पक्राउ गरेको हो। यसअघि मुम्बई प्रहरीले एक महिलासहित अन्य तीन पुरुष अभियुक्तलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा श्वेता सिंह, विशालकुमार र मयंक रावल रहेका छन्।
बुल्ली बाइ सञ्चालनमा आएको २४ घण्टा नबित्दै भारत सरकारअन्र्तगत सुचना तथा प्रविधि मन्त्रालयले सो एप बन्द गराएको थियो। सो एपमार्फत भारतीय मुस्लिम समुदायका महिला पत्रकार, सामाजिक अभियन्ता, सेलेब्रेटी आदीको फोटोमार्फत फेक अकाउन्ट बनाइ बिक्रीमा राखेको पाइएको थियो।