‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृत फेला, पब्जी खेल्नेक्रममा चिनजान

‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृत फेला, पब्जी खेल्नेक्रममा चिनजान

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाको कपनमा ‘लिभिङ टुगेदर’ बसेका एक युवक र युवती मृत फेला परेका छन्। शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएराति मृत अवस्थामा भेटिएका हुन्।

उनीहरुलाई चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा आफन्तले पुर्‍याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो।  

घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। युवतीको शरिरभरी धारिलो हतियार प्रयोग भएको पाइएको छ। युवा भने घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट प्रहरीले धारिलो हतियारसमेत बरामद गरेको छ।

बिहे नगरी‘लिभिङ टुगेदर’मा बसेका उनीहरु पब्जी खेल्नेक्रममा नजिकिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.