प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्या

प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्या

काठमाडौं : काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको घरमा २५ वर्षीय अनिस राईले प्रेमीका युसुना राईको हत्या गरी आत्महत्या गरेका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार राती २ बजे प्रहरी पुग्दा युवती मृत अवस्था र युवक निकै अन्तिम अवस्थामा फेला परेका थिए। 

‘घटना हेर्दा युवकले प्रेमीकाको शरिरभरी चक्कु हानेका छन्। शरिरभरी निकै चोटसहित युवती मृत अवस्थामा कोठामा फेला परेकी थिइन्। छेउमै ढलेका थिए युवक। उनको घाटीमा चक्कुले रोपेको चोट छ। युवकले निकै मन्द गतिमा सास फेरिरहेका थिए’खापुङले अन्नपूर्णसँग भने, ‘घटनामा बाहिरी मान्छेको सहभागिता भए जस्तो लाग्दैन। युवती नग्न अवस्थामा थिइन् भने युवक अर्धनग्न। आपसी झगडा हुँदा आवेसमा आई युवकले हत्या गरेको जस्तो देखिन्छ।’

प्रहरीले युवकलाई राती नै चावहिलस्थित हेल्पीङ ह्याण्ड अस्पतालमा पुर्‍याएको थियो। अस्पतालमा पुर्‍याएपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। संखुवासभा घर भएका अनिस र खोटाङकी युसुना इन्टरनेटमा पब्जी खेल्ने क्रममा भेट भएका हुन्। इन्टरनेटमा भेटिएका उनीहरु पब्जीको क्रेज हुँदै प्रेमी-प्रेमीका बने। केहि समयपछि बिहे गर्ने योजनामा रहेका उनीहरु पछिल्लो केही महिनादेखि अनिसको आफन्तको घर कपनमा लिभिङ टुगेदरमा बस्थे। उनीहरुसँग अनिसकी आमासमेत बस्थिन्। 

प्रहरीका अनुसार उनीहरु कपनमा श्रीमान् -श्रीमतीको रुपमा बस्दै आएका थिए। राती १२ बजे एक्कासी कोठामा ड्याङ डुङ आवाज आएपछि आमाले थाहा पाएकी थिइन्। आमा उठेर ढोका खोल्न लगाउँदा नखुलेपछि उनले यताउता हल्ला गरेकी थिइन्। छरछिमेकी आएर ढोका फोरेर हेर्दा युवती मृत भेटिएकी थिइन्। उनीहरुको के विषयमा झगडा भएको र हत्या नै गर्नुपर्ने कारण के थियो अहिलेसम्म खुल्न नसकेको खापुङले अन्नपूर्णसँग बताए। उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। घटनास्थलमा धारिलो चक्कु भेटिएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.