शितलहर छल्न दुई सय परिवारलाई कम्बल वितरण

शितलहर छल्न दुई सय परिवारलाई कम्बल वितरण

सिरहा : लहान नगरपालिकाका ४ वटा वडाको विपन्न बस्तीमा कम्मल वितरण गरिएको छ। वडा नम्बर १२, १५, २२ र २४ का मानिक दह, बेलीजटियाही, ढोढना लगायत विपन्न बस्तीका २०० परिवारलाई कांग्रेस सिरहा क्षेत्र १ का सभापति महेश चौधरीले कम्बल वितरण गरेका हुन्। 

उनी हरेक महिना २२ गते पत्नीको सम्झनामा गरिब विपन्न वस्तीमा राहत वितरण गर्दै आएका छन्। सोही अभियान स्वरुप कम्बल वितरण गरेको छ। 

कोरोना कहर सुरुभएदेखि नै लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई घर घरमै पुगेर चौधरी र उनको पत्नी संगिता कर्माचार्यले राहत वितरण गर्दै आएका थिए। सोही क्रममा संगिता आफैँ कोरोना संक्रमित भइन् र उपचारको क्रममा उनको निधन भयो। 

पत्नीको गरिब विपन्नलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिँदै आएको चौधरीले सुनाए। ‘समस्यामा परेको व्यक्तिहरुलाई संगिताले सहयोग गर्नुपर्ने अभियान नै चलाएकी थिइन्,’चौधरीले भने,‘उनका अभियानलाई कहिल्यै पनि रोक्ने छैनौँ।’चौधरीले संगिता कर्माचार्य स्मृति प्रतिष्ठान संस्था बनाएका छन्। प्रतिष्ठानमार्फत थप हरेक महिना राहत वितरण गर्दै आएको छ।

विगत दुई वर्षमा लहान, भगवानपुर, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टि लगायतका विपन्न बस्तीमा संगिता महेशले चार हजारभन्दा परिवारलाई चामल, दाल, नुन, तेन, तरकारी राहत स्वरुप वितरण र चिसो महिनामा कम्बल वितरण गरेको छ। ४ जना विद्यार्थीलाई प्रतिष्ठान मार्फत शिक्षण गराउँदै आएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.