जमिन हराभरा बनाउने किसानलाई बेलायत सरकारले नगद रकम दिने

जमिन हराभरा बनाउने किसानलाई बेलायत सरकारले नगद रकम दिने

लण्डन : उजाडिएको जमिन हराभरा बनाउने बेलायतका कृषकलाई सरकाले नगद रकम प्रदान गर्नै भएको छ । प्रकृति पुन प्राप्ती (नेचर रिकभरी) योजना कार्यक्रमअन्र्तगत सरकारले किसानलाई सो रकम प्रदान गर्ने भएको हो ।

बेलायत सरकारले हालै करिब १५ वटा पाइलट परियोजना लागू गर्ने घोषणा गरेको छ । सो परियोजना सुरु भएको दुई वर्षमा अर्थात् सन् २०२८ सम्ममा सम्पन्न हुने बेलायत सरकारले जनाएको छ ।

नेचर रिकभरी कार्यक्रमअन्र्तगत किसानहरुले कम्तीमा ५ सय हेक्टरदेखि बढीमा १० हजार हेक्टर जमिनको अवस्था सुधार्नुपर्ने बताइएको छ । सो परियोजनाको वास्तविक लगानी सार्बजनिक नगरिएपनि दुई वर्षको अन्तरालमा करिब ८ सय मिलियन युरो रकम खर्च गरिने बताइएको छ । ल्याण्डस्केप एण्ड नेचर रिकभरी कार्यक्रमअन्र्तगत सरकारले सन् २०४२ सम्ममा ३ लाख हेक्टर जमिन सुधार गर्ने लक्ष्य राखेको छ ।

किसानले उजाडिएको अर्थात् विनाश भएको सार्वजनिक एवम् सरकारी जमिनलाई पुरानै अवस्थामा फर्काउनु पर्नेछ । अर्थात् जलवायु परिवर्तनका कारण उजाडिएको जमिनलाई सुधार्नुपर्ने र राम्रोसँग व्यवस्थापन गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.