९३ प्रहरीलाई कोरोना सङ्क्रमण

९३ प्रहरीलाई कोरोना सङ्क्रमण

महाराष्ट्र: पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ। यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड-१९ सङ्क्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमण दर २९.९० प्रतिशत पुगेको बृहनमुंबई नगर समितिले बिहीबार जानकारी दिएको छ। महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो। 

त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए। महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ। यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभरि ८७६ व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.